नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 

राजविराज राजविराज
|
आइतबार, आषाढ ८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई  कुनै जानकारी छैन् ः अध्यक्ष देव 

सारांश

  •     नेपाल नगरपालिका कर्मचारी एशोसिएशन ईकाइ समिति राजविराज नगरपालिकाका अध्यक्ष कल्पना देवले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी नआएको बताएकी छिन् ।
  •       उनले आफूहरुको माग बारे नगरपालिकाको तर्फबाट कुनै जानकारी नआएको बताउँदै पीडित पक्षहरुको कुरा नसुनेर गरिएको निर्णयको कुनै औचित्य नहुने समेत बताइन ।
  •       “आफूहरुको मागप्रति कुनै सुनुवाई भएको छैन्, हामी नगरपालिका परिसरमै धर्नामा बसेका छौं” उनले भनिन्, “सर्वदलिय बैठकले के निर्णय ग¥यो, थाहा छैन्, नगरपालिकाले पनि कुनै जानकारी दिएको छैन् ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 

    विगत एक सातादेखी धर्नामा बसेका राजविराज नगरपालिकाका कर्मचारीहरुको धर्ना कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएका छन् ।   
    नेपाल नगरपालिका कर्मचारी एशोसिएशन ईकाइ समिति राजविराज नगरपालिकाका अध्यक्ष कल्पना देवले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी नआएको बताएकी छिन् । 
    उनले आफूहरुको माग बारे नगरपालिकाको तर्फबाट कुनै जानकारी नआएको बताउँदै पीडित पक्षहरुको कुरा नसुनेर गरिएको निर्णयको कुनै औचित्य नहुने समेत बताइन । 
    “आफूहरुको मागप्रति कुनै सुनुवाई भएको छैन्, हामी नगरपालिका परिसरमै धर्नामा बसेका छौं” उनले भनिन्, “सर्वदलिय बैठकले के निर्णय ग¥यो, थाहा छैन्, नगरपालिकाले पनि कुनै जानकारी दिएको छैन् ।”
    गत जेठ २७ गते मंगलबार कर्मचारीहरु बारुणयन्त्रको छेउमा उभिरहेको बेला पूर्वग्राही तथा सुनियोजित रुपमा आफूसहित लेखा अधिकृत शत्रुधनलाल दास र शहरी स्वास्थ्य क्लिनिकका अहेव संतोष कुमार दास माथि संघातिक आक्रमण आक्रमण, कुटपीट र लुटपाट घटनाका पीडितहरुले न्याय पाउनुपर्ने कर्मचारीहरुको माग छ ।
    निलम्बित नगरप्रमुख भिमराज यादवको निर्देशनमा मलाई गालिगलौजसहित सडकमा घिसारी ज्यानमार्ने धम्की दिदै लेखा अधिकृत दासलाई मर्नासन्न हुने गरी कुटपिट गरिएको अध्यक्ष देवले बताउँदै लेखापालले लगाएको सुनको सिक्री समेत लुटपाट गरिएको उल्लेख गरिन । 
    यसअघि जेठ २२ गते सव इन्जिनियर रविन्द्र कुमार यादवको डेरमै गई नियम विपरित कार्य गर्न दवाव दिदै गालि गलौज तथा वेईज्जत समेत गरिएको यसअघि अध्यक्ष देवले पत्रकार सम्मेलन गरेर आरोप लगाएकी थिईन् ।
    यस्तो घटनाले सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको हुँदा पीडितलाई न्याय, दोषीलाई कानून वमोजिम कारबाही, सुरक्षाको प्रत्याभूति र सहज वातावरण नबने सम्म अत्यावश्यक सेवामा खटिएका बाहेकका कर्मचारीहरु काममा नफर्किने पुरानै माग सहित नगरपालिकाको मुल गेटमै कर्मचारीहरु धर्नामा बस्दै आएका छन् । 
    अहिले सम्ममा ११ प्रतिशत जति विकासिय बजेट खर्च भएको र सञ्चालनमा रहेका योजनाहरु सम्पन्न भए ३८ देखि ४० प्रतिशत सम्म बजेट खर्च हुन सक्ने लेखा अधिकृत दासको अनुमान छ । कर्मचारीको आन्दोलनका मागहरु सम्बोधन भएन र यसरी नै नगरपालिकाको कामकाज ठप्प रह्यो भने बजेट फ्रिज हुने उनले बताए ।  
    जेठ २७ गते मंगलबार तत्कालिन प्रमुख प्रशाकीय अधिकृत डा.श्रवणकुमार साहको सरुवा र शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी दिइएपछि निलम्बित नगरप्रमुख यादव र कार्यवाहक नगरप्रमुख इसरत परवीनबीचको विवादले राजविराज नगरपालिका तनावग्रत बनेको थियो । सोही क्रममा निलम्बित नगरप्रमुख यादव समर्थकहरुले कर्मचारीहरु माथि दुव्र्यवहार र कुटपीट भएको थियो । त्यस विषयमा दुबैपक्षले जिल्ला प्रहरीमा जाहरी दिएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालको पहलमा बसेको सर्वदलिय बैठकले दुवै पक्षको गल्ती भएको ठहर गर्दै गल्ती गर्नेहरुले आत्मआलोचना सहित माफी माग्नुपर्ने सहितको निर्णय गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन् ।
    संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशीलाई पठाइ सकेपछि प्रमुख प्रशाकीय अधिकृतकै विषमा भएको विवाद किनारा लागेपछि कर्मचारीको माग सम्बोधन र कार्यालय संचालनको विषयमा कुनै ठोस निष्कर्ष नआउनुले असार १० गते ल्याउनुपर्ने नीति कार्यक्रम तथा बजेट पनि नआउने सम्भावना बढेको छ । 
    नगरपालिकाको कर्मचारीहरु एक सातादेखी कामकाज ठप्प पारेर धर्नामा बस्दा कामकाज पूर्णरुपमा प्रभावित भएको छ । आर्थिक वर्षको पूर्वसन्ध्यामा नगरपालिकाको सबै काम प्रभावित भएको हो । अत्यावश्यक काम बाहेक सबै काम ठप्प छ । नगरपालिकाको मुख्य आयश्रोत राजश्व हो, तर सो शाखामा पनि तालाबन्दी गरि कर्मचारी धर्नामा बसेका कारण राजश्व संकलन समेत हुन पाएको छैन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर
टिपरको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि रुपनी तनावग्रस्त, प्रहरीद्वारा १३ राउण्ड हवाई फायर
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत