लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान

राजविराज राजविराज
|
बिहिबार, पौष २६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान

सारांश

  •     सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।
  •     राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।
  •     नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार अनिल कुमार अनल, शिवहरि भट्टराई, बैजनाथ झालगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
    नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ । 
    सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।
    राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।
    नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार अनिल कुमार अनल, शिवहरि भट्टराई, बैजनाथ झालगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
    सोही कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्याकुरलले ८ हजार ५ सय, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले ५ हजार रुपैयाँ लाकेन्द्र स्मृती पुरस्कारका लागि प्रदान गरेका छन् । 
    यसैबीच सोही कार्यक्रममा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार विद्यानन्द रामलाई सम्मानित गरिएको छ । १०औं उमा सिंह स्मृति दिवसको अवसरमा सो पुरस्कार पत्रकार रामलाई आजको वातावरण पत्रिकाका प्रकाशक सम्पादक बैजनाथ झाले प्रदान गरेका हुन् । 
    यस्तै वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरी प्रसाद भट्टराईले ‘मुक्ति–लक्ष्मी पत्रकारिता पुरस्कार’को घोषणा गरेका छन् । स्वर्गीय पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा भट्टराईले ५ हजार राशीको पुरस्कारको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
माओवादी केन्द्रद्वारा  वडाध्यक्षलाई सम्मान  
माओवादी केन्द्रद्वारा  वडाध्यक्षलाई सम्मान  
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क