दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिका १ का २८ वर्षिय भोगेन्द्र साह सगरमाथा आधार शिविर र कालापत्थरको टे«किङ सफलतापूवर्क पूरा गरेका छन् ।
सगरमाथा आधार शिविर र काला पत्थरसम्मको टे«किङ सफलतापूर्वक पूरा गर्ने साह सम्भवत सप्तरीका पहिलो व्यक्ति हुन् । यस्तै उनीसँगै महोत्तरी बर्दिवासका ३४ वर्षिय प्रदिप कार्की र २८ वर्षिय संजोग फुयाल पनि टे«किङ सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
उनीहरुले ५ हजार ३ सय ६४ मिटर उचाईमा रहेको सगरमाथा आधार शिविर र ५ हजार ६ सय ४४ मिटर उचाईमा रहेको कालापत्थरसम्मको यात्रा १३ दिनमा पूरा गरे ।
जहाजबाट लुक्ला पुगेर असोज २२ गतेदेखी साहसहितको तीन सदस्यीय टोलीले जन्जोबाट पदयात्राको सुरुवात गरेका थिए । जन्जोबाट नाम्चे बजार, तेम्बोचे, जिङबोचे, लुबोचे हुँदै सगरमाथा आधार शिविर र त्यसपछि काला पत्थरसम्म पुगि त्यहाको धर्तीलाई टेक्ने र राष्ट्रिय झण्डा फहराउने सौभाग्य प्राप्त गरेको साहले सुनाए ।
उनीहरुले यात्राका क्रममा डाउन ज्याकेट, टे«किङ शुज, टर्च लाइट, ब्लो ग्लोब्स, इनर, सक्स, आवश्यक औषधी बोकेका थिए । पदयात्राका क्रममा रातीको समयमा भने स्लिपिङ ब्यागको प्रयोग गरि केही बेर बिश्राम गर्ने गर्ने गरेको साहले अनुभव सुनाए ।
तत्कालिन शम्भुनाथ गाविसका प्रधानपञ्च एवं समाजसेवी जगरनाथ मुन्धडाले साहको साहसिक कदम जिल्लाकै लागि गौरवको विषय भएको भन्दै सगरमाथा आधार शिविर र कालापत्थरको सफलतापूर्वक टे«किङ पुरा गर्ने साह जिल्लाकै पहिलो व्यक्ति भएको दाबी समेत गरे ।
सप्तरीका भोगेन्द्र साहले सगरमाथा आधार शिविरमा पाइला टेके
सारांश
- सगरमाथा आधार शिविर र काला पत्थरसम्मको टे«किङ सफलतापूर्वक पूरा गर्ने साह सम्भवत सप्तरीका पहिलो व्यक्ति हुन् ।
- यस्तै उनीसँगै महोत्तरी बर्दिवासका ३४ वर्षिय प्रदिप कार्की र २८ वर्षिय संजोग फुयाल पनि टे«किङ सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
- उनीहरुले ५ हजार ३ सय ६४ मिटर उचाईमा रहेको सगरमाथा आधार शिविर र ५ हजार ६ सय ४४ मिटर उचाईमा रहेको कालापत्थरसम्मको यात्रा १३ दिनमा पूरा गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया