बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०७७
|
|
६७ पटक हेरिएको
Shares
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित

सारांश

  •     तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो ।
  • निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो ।
  •       सस्तोमा समेटन बिराटनगरका बलर प्रशान्त साहले ६ ओभर १ बलम २० रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई श्रवण किशु २ तथा सुयोग कार्कि र खितिक कामतले १÷१ बिकेट लिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 
    बिराटनगर क्रिकेट एकेडेमी र सप्तरी ११ बिच शनिवार सम्पन्न मैत्रिपुर्ण एक दिवसिय क्रिकेटमा बिराट क्रिकेट एकेडेमीले सप्तरी ११ लाई २ बिकेटले पराजित गरेको छ । 
    तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो । 
    सस्तोमा समेटन बिराटनगरका बलर प्रशान्त साहले ६ ओभर १ बलम २० रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई श्रवण किशु २ तथा सुयोग कार्कि र खितिक कामतले १÷१ बिकेट लिएका थिए । सप्तरी ११ का लागि मो. सकिमले २९, निरज यादव १५ तथा आशिष झाले १३ रनको योगदान दिएका थिए । 
    ९५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बिराटनगर क्रिकेट एकेडेमीले रोमान्चक तरिकाले १९ ओभरमा ८ बिकेट गुमाई उक्त लक्ष्य भेटाएका थिए । कुनै समय ७९ रनमै ८ बिकेट गुमाएका बिराटका लागि प्रशान्त साहले उत्कृष्ट ब्याटिंग गर्दै आफनो टिमलाई जित दिलाएका थिए । 
    प्रशान्तले १० बलमा २ छक्काको मद्धतले नटआउट रहि २७ रनको योगदान दिएका थिए भने कपिल मण्डलले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरी ११ का अजय यादवले ३ तथा असन जमाल र राज बर्माले क्रमशः २ र १ बिकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत बिराटनगर क्रिकेट एकेडेमीका प्रशान्त साह भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?