चोरी भएको स्कारपियो भारतमा फेला

राजविराज राजविराज
|
बुधबार, माघ ३, २०८०
|
|
७२ पटक हेरिएको
Shares
चोरी भएको स्कारपियो भारतमा फेला

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ९ का निवर्तमान वडाअध्यक्ष शम्भु प्रसाद यादवको घर कम्पाउण्डबाटै चोरी भएको बा.
  • १४च.

दैनिक समाचारदाता
राजविराज, २ माघ । 

    राजविराजबाट चोरी भएको स्कारपियो गाडी ८ दिनपछि मंगलबार भारतमा फेला परेको छ । 
    राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भु प्रसाद यादवको घर कम्पाउण्डबाटै चोरी भएको बा.१४च. २९३५ नं. को गाडी भारत बिहार राज्यको लौकही ग्रामपंचायतको एकहत्ता भन्ने गाउँबाट फेला परेको हो । 
    सीमावर्ती भारतको बिहारस्थित एक गाउँबाट उक्त गाडी बरामद भएको गाडीधनी यादवले बताए । उनले आफ्नै पहलमा उक्त गाडी बरामद गर्न सफल भएको जनाएका छन् । 
    आफू र प्रहरीले गाडीको खोजि कार्य जारि राखेको बेला गाडी चोरी गरि लैजाने व्यक्ति भने फरार रहेको उनको भनाई छ । चोरी गरि लगेको गाडीको नेपाली नं. प्लेट परिवर्तन गरि बी.आर.०१पी.के.२६४० नं.को भारतीय प्लेट राखेर एकहत्ता गाउँमा राखिएको भनी साथीभाईले खबर गरेपछि आफू त्यहा पुगेको उनले बताए । 
    उक्त गाडी मंगलबार नै स्थानीयवासी र साथीभाईको सहयोगले घर ल्याई पु¥याइएको र सो बारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनले बताए । 
    चोरले भारतीय बजारमा बिक्रि गर्ने उद्देश्यले नेपाली नं. प्लेट हटाएर नक्कली भारतीय नं. प्लेट टासेको हुन सक्ने उनले अनुमान व्यक्त गरेका छन् । 
    प्रहरीले चोरीको गाडी फेला परिसकेको भनी गाडीधनीबाट जानकारी प्राप्त भएको र सो बारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना
हस्तलेखन कलाले जगाएको उत्साह
हस्तलेखन कलाले जगाएको उत्साह
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
आफ्नै कुखुरा फर्ममा आगजनी 
आफ्नै कुखुरा फर्ममा आगजनी 
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक