दैनिक समाचारदाता
राजविराज, १० चैत ।
सप्तरीको राजविराज नगरपालिका ८ निवासी आर्यन दास महोत्तरीको बर्दिवासमा हालै सम्पन्न मधेश प्रदेश स्तरिय हस्त लेखन प्रतियोगिता २०८१ मा उपबिजेता भएपछि निकै उत्साहित छन् ।
स्थानीय प्रिमियर सेकेन्ड्री स्कुलमा ९ कक्षामा अध्ययनरत १४ वर्षिय दास अर्को वर्ष पहिलो स्थान ल्याउने गरी अहिलेदेखी नै तयारी सुरु गरेको बताउँदै आफ्नो उत्साह व्यक्त गरेका छन् ।
उत्कृष्ट हस्त लेखनका कारण पुरस्कृत भएका दासलाई विद्यालयका शिक्षकदेखी सहपाठी र छिमेकीहरु पनि बधाई दिन घर पुग्न थालेपछि बुबा सरोज दास र आमा भारती पनि दंग छन् ।
दास अध्ययनरत विद्यालयले पनि उनलाई सम्मान गरेको छ । प्रिन्सिपल राजेश कर्णले भने, “आफ्नो जिल्लाको मात्र नभई विद्यालयको नाम समेत उच्च पारेकाले उनको प्रतिभाको कदर गर्दै सम्मान गरेका हौं ।”
दासले कदरपत्र, ट्रफीसँगै ५ हजार रुँपैया नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारीले पुरस्कारसहित सम्मान गरेका थिए ।
पढाईमा अब्बल रहेका दास हस्त लेखनमा समेत अब्बल बनेपछि विद्यालय परिवार पनि उत्साहित बनेको प्रिन्सिपल कर्णले सुनाए । उक्त प्रतियोगितामा १० कक्षामा अध्ययनरत बाराकी पायल रौनियार प्रथम तथा दाससहित रौतहटकी ९ कक्षामा अध्ययनरत एमसुल खनाल संयुक्त रुपमा उपबिजेता भएका थिए ।
हस्तलेखन कलाले जगाएको उत्साह
सारांश
- स्थानीय प्रिमियर सेकेन्ड्री स्कुलमा ९ कक्षामा अध्ययनरत १४ वर्षिय दास अर्को वर्ष पहिलो स्थान ल्याउने गरी अहिलेदेखी नै तयारी सुरु गरेको बताउँदै आफ्नो उत्साह व्यक्त गरेका छन् ।
- उत्कृष्ट हस्त लेखनका कारण पुरस्कृत भएका दासलाई विद्यालयका शिक्षकदेखी सहपाठी र छिमेकीहरु पनि बधाई दिन घर पुग्न थालेपछि बुबा सरोज दास र आमा भारती पनि दंग छन् ।
- दास अध्ययनरत विद्यालयले पनि उनलाई सम्मान गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया