दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा अनलाईन प्रणाली मार्फत गर्नुपर्ने उद्देश्यका साथ बिहीबर ६ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सेवा ईकाइ कार्यालय राजविराजद्वारा संचालित उक्त तालिममा राजविराज नगरपालिकाको १६ वटै वडाका वडा सचिव र कम्पूटर अपरेटर हरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुले राजविराज नगरपालिकाको सवै वडाबाट अनलाईन प्रणाली मार्फत नै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजविराज नगरपालकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रमामा प्रमुख यादवले अनलाईन प्रणाली मार्फत काम संचालन हुनेप्रति नगरपालिका लागिपरेको वताए । सवै वडाबाट अनलाईन मार्फत नै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा हुनुपर्नेमा जोड दिदै उनले सवै वडामा आवश्यक सामाग्री उपलव्ध गराउनमा प्रतिवद्ध रहेको बताए ।
गत आईतबारदेखि संचालित तालिम समापन कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा, शाखा अधिकृत मनोज कुमार यादव, लेखा अधिकृत उमा शंकर यादव, स्वास्थ्य शाखा प्रमुख निरंजन कुमार यादव, कृषि शाखा प्रमुख हरि नारायण यादव, सेवा ईकाइका एम.आई.एस. अपरेटर रविन्द्र कुमार साह, विकाश कुमार चौधरीसहित अन्य कर्मचारीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन फिल्ड सहायक शिव विलास यादवले गरेका थिए ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सारांश
- राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सेवा ईकाइ कार्यालय राजविराजद्वारा संचालित उक्त तालिममा राजविराज नगरपालिकाको १६ वटै वडाका वडा सचिव र कम्पूटर अपरेटर हरुको सहभागिता रहेको थियो ।
- तालिमका सहभागीहरुले राजविराज नगरपालिकाको सवै वडाबाट अनलाईन प्रणाली मार्फत नै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
- राजविराज नगरपालकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रमामा प्रमुख यादवले अनलाईन प्रणाली मार्फत काम संचालन हुनेप्रति नगरपालिका लागिपरेको वताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया