राजविराज÷नेपाली काँग्रेस सप्तरीले जिल्लाको ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार बिरोध प्रदर्शन तथा सभा सम्पन्न गरेको छ ।
प्रतिनिधिसभा विघटनको बिरोधमा काँग्रेस र उनका भातृसंस्थाका नेता तथा कार्यकर्ताले बिरोधसभाको आयोजना गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक कदमको संज्ञा दिएका छन् ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले उक्त कदम नसच्याएसम्म आन्दोलन जारि रहने र आन्दोलनबाटै प्रतिनिधिसभा पुर्नस्थापना गराई छाड्ने उदघोषसमेत गरे ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि प्रतिनिधिसभा विघटन बिरुद्ध रहेका सबै शक्ति एकजुट भई लाग्नु पर्ने बताए । प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले असंबैधानिक कदमलाई आन्दोलनबाटै तहलगाउनु पर्ने उनको जोड थियो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को महुली र वैरवा, २ को राजविराज र सकरपुरा, ३ को खुरहुरिया र पत्थरगाढा तथा ४ को सिसुवा र बोदेबरसाइन बजारमा गरि एकै दिन जिल्लाका ८ वटै क्षेत्रमा बिरोधसभा भब्यरुपमा सम्पन्न भएको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनले जनाएका छन् ।
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोधसभा
सारांश
- नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि प्रतिनिधिसभा विघटन बिरुद्ध रहेका सबै शक्ति एकजुट भई लाग्नु पर्ने बताए ।
- प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले असंबैधानिक कदमलाई आन्दोलनबाटै तहलगाउनु पर्ने उनको जोड थियो ।
- प्रदेशसभा निर्वाचन क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया