राजविराज÷नेपाली काँग्रेस सप्तरीले जिल्लाको ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार बिरोध प्रदर्शन तथा सभा सम्पन्न गरेको छ ।
प्रतिनिधिसभा विघटनको बिरोधमा काँग्रेस र उनका भातृसंस्थाका नेता तथा कार्यकर्ताले बिरोधसभाको आयोजना गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक कदमको संज्ञा दिएका छन् ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले उक्त कदम नसच्याएसम्म आन्दोलन जारि रहने र आन्दोलनबाटै प्रतिनिधिसभा पुर्नस्थापना गराई छाड्ने उदघोषसमेत गरे ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि प्रतिनिधिसभा विघटन बिरुद्ध रहेका सबै शक्ति एकजुट भई लाग्नु पर्ने बताए । प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले असंबैधानिक कदमलाई आन्दोलनबाटै तहलगाउनु पर्ने उनको जोड थियो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को महुली र वैरवा, २ को राजविराज र सकरपुरा, ३ को खुरहुरिया र पत्थरगाढा तथा ४ को सिसुवा र बोदेबरसाइन बजारमा गरि एकै दिन जिल्लाका ८ वटै क्षेत्रमा बिरोधसभा भब्यरुपमा सम्पन्न भएको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनले जनाएका छन् ।
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोधसभा
सारांश
- नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि प्रतिनिधिसभा विघटन बिरुद्ध रहेका सबै शक्ति एकजुट भई लाग्नु पर्ने बताए ।
- प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले असंबैधानिक कदमलाई आन्दोलनबाटै तहलगाउनु पर्ने उनको जोड थियो ।
- प्रदेशसभा निर्वाचन क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया