दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध सप्तरी जिल्ला अदालतको अनुमति पछि डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पूर्जी जारि गरेको छ ।
डिभिजन वन कार्यालय सप्तरीले वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको भन्दै सप्तकोशी नगरपालिकाका प्रमुख शर्मासहित चार जना बिरुद्ध सप्तरी जिल्ला अदालतमा दायर गरेको रिट उपरको सुनुवाईमा शुक्रबार अदालतले अनुमति दिएपछि सो पक्राउ पूर्जी जारि गरिएको डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिएका छन् ।
यसरी पक्राउ पूर्जी जारि गरिएकाहरु मध्ये नगर प्रमुख शर्माका साथै वडा नं. १ वडा अध्यक्ष नारायण आचार्य तथा निर्माण कार्यमा संलग्न सप्तकोशी नगरपालिका १ बस्ने तुलाराम लुईटेल र दुर्गा फुयाल छन् ।
राष्ट्रिय वन क्षेत्रभित्र अनाधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि उनीहरु विरुद्ध प्रमाणसहित अदालत पुगेपछि पक्राउ पुर्जी जारी गर्न अनुमति पाएको डिभिजन वन प्रमुख सिंहले बताए ।
नाला निर्माण सुरु गरेपछि पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि नगरपालिकाले वेवास्ता गरेपछि अदालतको शरणमा जानु परेको उनको भनाई छ । वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालयले कर्मचारी परिचालन गर्दा समेत अटेर गरेकाले कानुनी उपचारका लागि अदालत पुगेको र अदालतकै आदेशमा उनीहरु बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको उनले स्पष्ट पारे । उनीहरुलाई पक्राउ गर्न आइतबार वन कार्यालयका सुरक्षाकर्मीहरु पूर्जीसहित परिचालन गरिएको उनले जानकारी दिए । यसरी वन कार्यालयबाट पक्राउ पूर्जीसहित खटाइएका सुरक्षाकर्मीलाई नटेरे जिल्ला प्रहरी कार्यालयदेखी पुनः अदालतसम्म पुग्ने उनले बताएका छन् ।
यता प्रमुख शर्माले वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको स्वीकार्दै आफूले नागरिकलाई सेवा सुविधा र सुरक्षा प्रदान गर्ने उद्देश्यले नाला निर्माण गरिएको जिकिर गर्दै कानुनी प्रक्रियाबाटै समस्याको समाधान खोजिने बताएका छन् ।
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी
सारांश
- डिभिजन वन कार्यालय सप्तरीले वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको भन्दै सप्तकोशी नगरपालिकाका प्रमुख शर्मासहित चार जना बिरुद्ध सप्तरी जिल्ला अदालतमा दायर गरेको रिट उपरको सुनुवाईमा शुक्रबार अदालतले अनुमति दिएपछि सो पक्राउ पूर्जी जारि गरिएको डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिएका छन् ।
- यसरी पक्राउ पूर्जी जारि गरिएकाहरु मध्ये नगर प्रमुख शर्माका साथै वडा नं.
- १ वडा अध्यक्ष नारायण आचार्य तथा निर्माण कार्यमा संलग्न सप्तकोशी नगरपालिका १ बस्ने तुलाराम लुईटेल र दुर्गा फुयाल छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया