दैनिक समाचारदाता
रौतहट, ३ चैत ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा विहिवार विहान बस दुर्घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
पूर्वतर्फ आइरहेको लु.२ख. ४७५८ नम्वरको बसलाई ना.७ख. २०८१ नम्वरको बसले पछाडीबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो । पश्चिमतर्फ जाँदै गरेको प्र२–०३–००५प१५४ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा २०८१ नम्बरको बसले अर्को बसलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सप्तरीको अग्नीसाइकर कृष्णसवरन गाउँपालिका४ का २३ वर्षीय धनराज यादव, सप्तरीकै बोदे बरसाईन नगरपालिका ४ का ३१ वर्षीय मो. अंसारुल, सोही ठाउँका ४ वर्षीय राम तुल्लाह मियाँ, सप्तकोशी नगरपालिका १० का ६५ वर्षीय चतुर चौधरी, कञ्चनरुप नगरपालिका ८ का २८ वर्षीय प्रशुन मलिक, सोही नगरपालिका ६ का २६ वर्षिय कमानन्द चौधरी र राजविराज नगरपालिका ८ का ३२ वर्षीय राजकुमार सेठ घाइते भएका छन् ।
त्यस्तै, सिराहाको धनगढीमाई नगरपालिका ८ का २५ वर्षिय धर्मेन्द्र महतो, सोही ठाउँका २३ वर्षीय अजय कुमार महतो र धनगढीमाई नगरपालिका ९ का ३० वर्षिय राम प्रकाश महतो घाइते भएका छन् ।
त्यस्तै, उदयपुरका ४० वर्षिय कृष्ण घिमिरे, उदयपुरको कटारी नगरपालिका १ का ३१ वर्षिय हरिबहादुर अधिकारी, सिन्धुलीका ३७ वर्षीय बिष्णु बिक, सर्लाहीको हरिवन नगरपालिका ११ का २६ वर्षिय अनिष भन्ने यम बहादुर खडका घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घाइते सबैलाई हात, खुट्टा, टाउको र शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । उनीहरुलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित एपोलो सिटी अस्पताल र चन्द्रपुर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते
सारांश
- पूर्वतर्फ आइरहेको लु.
- २ख.
- ४७५८ नम्वरको बसलाई ना.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया