राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन

राजविराज राजविराज
|
शनिबार, पौष २६, २०७६
|
|
३० पटक हेरिएको
Shares
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन

सारांश

  •     डाईग्नोस्टिक परिक्षणका कमजोरीका कारण विरामी र तीनका आफन्तले पाउने दुख, गुमाउने समय र रकमका राथै राम्रा डाक्टरहरु समेत बदनाम हुने समस्यालाई निराकरण गर्न यति ठूलो लगानिमा सिटि सन्राईज डाईग्नोस्टिक सेन्टर प्रालि संचालनमा ल्याईएको सेन्टरका ईनचार्ज विरेन्द्र कुमार दासले जानकारी दिएका छन् ।
  •       चार दिन अघि मात्र स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा स्तन क्यान्सर पीडित सप्तरीको विष्णुपुर गाउँपालिका ३ कि दुखनी देवी खंगको सफल शल्यक्रिया गरिएको थियो ।
  • ती महिलालाई क्यान्सर लागेको कुरा यसै सेन्टरबाट परिक्षण गर्दा पत्ता लागेको थियो ।

    राजविराज÷क्यान्सरदेखी विभिन्न रोगको परिक्षण गर्न राजविराजमै डाईग्नोस्टिक सेन्टर संचालनमा आएको छ । 
    करिब ६० लाखको लागतमा अत्याधुनिक प्रविधिसहितको डाईग्नोस्टिक सेन्टर संचालनमा आएपछि क्यान्सर लगायत अन्य जटिल रोगको पहिचान अब राजविराजमै सम्भव हुने भएको छ । 
    राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका नागरिकले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने भएको छ ।
    डाईग्नोस्टिक परिक्षणका कमजोरीका कारण विरामी र तीनका आफन्तले पाउने दुख, गुमाउने समय र रकमका राथै राम्रा डाक्टरहरु समेत बदनाम हुने समस्यालाई निराकरण गर्न यति ठूलो लगानिमा सिटि सन्राईज डाईग्नोस्टिक सेन्टर प्रालि संचालनमा ल्याईएको सेन्टरका ईनचार्ज विरेन्द्र कुमार दासले जानकारी दिएका छन् । 
    चार दिन अघि मात्र स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा स्तन क्यान्सर पीडित सप्तरीको विष्णुपुर गाउँपालिका ३ कि दुखनी देवी खंगको सफल शल्यक्रिया गरिएको थियो । ती महिलालाई क्यान्सर लागेको कुरा यसै सेन्टरबाट परिक्षण गर्दा पत्ता लागेको थियो ।
    फुलि एटोमेटिक ईलोक्ट्रोलाईट एनलाईजर, एटोमेटिक सिविसि एनलाईजर, प्रोटोन एनलाईजर वायोकेमेस्टिक एनलाईजर, एफएनसि प्रविधि तथा डिजिटल एक्सरे लगायतका उपकरण र मेसिनका माध्यमले जटिल देखि सामान्य प्रकृतिका रोग पत्ता लगाउने गरिएको उनको भनाई छ ।
    राजविराजबाट प्रदान गरिने यो सेवा संचालनका लागि प्रयोगमा ल्याईएको यस्ता उपकरण, मेसिन र प्रविधि सप्तरी र सिराहामै पहिलो भएको उनको दावि छ । सेन्टरमा चर्चित कल्सन्डेन्ट प्याथोलोजिस्ट डा प्रवेश चौधरीले स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले बताए ।
    सेन्टरमा क्यान्सरका सम्पूर्ण जाँचका साथै ग्ल्यान्डटिवि, थाईराईड, ईएसआर, युरिनआरई, सेमेनएनालाईसिस, एलर्जि स्किन, एचविएआईसि फरडाईवेटर, मोनिटरिङ लगायत सबै प्रकारका रोगको परिक्षण हुने सेन्टरले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर 
नगरपालिकाको विवाद समाधान गरि जनताको सेवा सूचारु गर्नेतर्फ ध्यान दिनुपर्छ ः निलम्बित मेयर 
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ