नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी

राजविराज राजविराज
|
आइतबार, माघ १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी

सारांश

  •     कुवैतस्थित एक कम्पनीमा रोजगारीका लागि पठाइदिने भन्दै नक्कली भिसा बनाई एक दर्जन बढी व्यक्तिबाट लाखौ रुपैयाँ ठगी गरेको आरोपसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका २ औरही विषणपुर बस्ने मो.
  • बसीर मियाँ र उनका छोरा सहजाद आलम विरुद्ध पीडितहरुले अप्रवासी श्रोत केन्द्र राजविराजको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उजुुरी दिएका हुन् ।
  •       उजुरी दिनेहरुमा सिरहाको लहान नगरपालिका १८ का मो.

चन्दन कुमार यादव
राजविराज, १२ माघ । 
    बैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै नक्कली भिसा बनाएर लाखौं ठगी गरेको आरोपमा पीडितहरुले आइतवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् । 
    कुवैतस्थित एक कम्पनीमा रोजगारीका लागि पठाइदिने भन्दै नक्कली भिसा बनाई एक दर्जन बढी व्यक्तिबाट लाखौ रुपैयाँ ठगी गरेको आरोपसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका २ औरही विषणपुर बस्ने मो. बसीर मियाँ र उनका छोरा सहजाद आलम विरुद्ध पीडितहरुले अप्रवासी श्रोत केन्द्र राजविराजको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा उजुुरी दिएका हुन् । 
    उजुरी दिनेहरुमा सिरहाको लहान नगरपालिका १८ का मो. इरफान, मो. मुस्तुफा, मो. आलम, मो. अलाउद्दिन र अमिन मियाँ छन् ।

    ती बाबु छोराले कुवैतस्थित एक कम्पनीमा आकर्षक तलबमा जागिरका लागि पठाइदिने भन्दै प्रति व्यक्तिबाट १ लाख ३५ हजारका दरले लिएर नक्कली भिसा उपलब्ध गराएका थिए । 
    यता सोही भिसा लिएर कुवैतका लागि उड्न भन्दै काठमाडौं गएपछि विमानस्थलमा नक्कली भिसा भएको खुलासा भएपछि घर फर्किन बाध्य भएको पीडित मो. मुस्तुफाले बताए । यता घर फर्किएपछि उनीसँगै अन्य पीडितहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर आइतबार प्रमुख जिल्ला अधिकारी सुनिल खनालसमक्ष बाबु छोरा बिरुद्ध निवेदन बुझाएका थिए । 
    गत शुक्रवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ९, छिन्नमस्ता गाउँपालिकाका २ र तिलाठी कोइलाडी गाउँपालिकाका १ गरी १२ जनाले पनि बाबु बसिर मियाँ र छोरा सहजाद आलम मिलेर आफुहरुलाई पनि रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रति व्यक्तिबाट एक लाख ३५ हजार रुपैयाँ लिई नक्कली भिसा उपलब्ध गराएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । 
    बाबु छोराबाट ठगिएकाहरुबाट एकपछि अर्को उजुरी आउन थालेपछि यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । प्राप्त उजुरी उपर अनुसन्धान अघि बढिसकेको र प्रहरी मार्फत बसिर मियाँ र उनका छोरा सहजाद आलमको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
महँगीका कारण महँगियो माटाका मूर्ती
महँगीका कारण महँगियो माटाका मूर्ती
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
“जय श्री राम” को नाराले बजार गुन्जियो 
“जय श्री राम” को नाराले बजार गुन्जियो 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो