दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संविधान र संघीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हतियार हुने बताएका छन् ।
‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत सम्वाद यात्राका क्रममा सोमबार राजविराज आई पुगेका उनले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिदै अहिलेको मुख्य चुनौति संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नु रहेको बताए ।
‘कसैले प्रदेश संरचना खारेजको कुरा उठाईरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागि रहेका छन्, महामन्त्री थापाले भने, यस्ता कुरामा लागे मुलुक फेरी अर्को दुर्घट्नामा पर्नेछन् ।’
घेरै संघर्षपछि प्राप्त भएको संघीयता कार्यान्वयनको क्रममा केही त्रुटि पनि भएको बताएका उनले त्रुटि सच्चाएर अघि बढ्नु प्रमुख आवश्यकता रहेको बताए । उनले अहिलेको व्यवस्था नै उत्कृष्ट भएको दावी गर्दै यसको विकल्प खोज्नु समय खेर फाल्नु जस्तै हुने जनाए ।
संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि काँग्रेस अघि बढेको बताउँदै उनले यसमा सबै लोकतन्त्रवादीको साथ र सहयोग आवश्यक रहेको जनाए । सोमबार नै उनी प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ पश्चात स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पुगी त्यहाँको समस्याबारे जानकारी लिनुका साथै सुधारका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
स्थानिय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन, हुलाकी सडक वरिपरी बसोबास गरिरहेका जनताको पीडा नजीकबाट बुझ्ने तथा जनताबाट आएका गुनासा र सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने उद्देश्यले थालिएको समुदायमा काँग्रेस अभियान तथा सम्बाद यात्रा माघ २६ सम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ ।
संघीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हतियार ः महामन्त्री थापा
सारांश
- ‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत सम्वाद यात्राका क्रममा सोमबार राजविराज आई पुगेका उनले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
- उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिदै अहिलेको मुख्य चुनौति संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नु रहेको बताए ।
- ‘कसैले प्रदेश संरचना खारेजको कुरा उठाईरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागि रहेका छन्, महामन्त्री थापाले भने, यस्ता कुरामा लागे मुलुक फेरी अर्को दुर्घट्नामा पर्नेछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया