बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम

राजविराज राजविराज
|
सोमबार, मंसिर २९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम

सारांश

  •     खडक नगरपालिकाको समन्वय, सेभद चिल्ड्रेन र सबल नेपालले सप्तरीको पश्चिमी भेगमा संचालन गरेको वालवालिकाहरूको बिकासमा आधारित समुन्नती कार्यक्रम फलदाय बनेको हो ।
  •     नगर कार्यक्रम सल्लाहकार समितिद्धारा अनुगमन तथा समिक्षा बैठक गरि जिल्लाको खडक नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमनको क्रममा शिक्षा, स्वास्थ तथा अन्य जिविकोपार्जनमा पु¥याएको सहयोगले वालवालिकासँगै उनका परिवार र समुदायको बिकासका टेवा पुरयाएको छ ।
  •       खडक नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 

    सप्तरीको खडक नगरपालिकामा बालवालिकाहरूको लागी समुन्नति कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
    खडक नगरपालिकाको समन्वय, सेभद चिल्ड्रेन र सबल नेपालले सप्तरीको पश्चिमी भेगमा संचालन गरेको वालवालिकाहरूको बिकासमा आधारित समुन्नती कार्यक्रम फलदाय बनेको हो ।
    नगर कार्यक्रम सल्लाहकार समितिद्धारा अनुगमन तथा समिक्षा बैठक गरि जिल्लाको खडक नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमनको क्रममा शिक्षा, स्वास्थ तथा अन्य जिविकोपार्जनमा पु¥याएको सहयोगले वालवालिकासँगै उनका परिवार र समुदायको बिकासका टेवा पुरयाएको छ ।  
    खडक नगरपालिका वडा नं. ५ खोजपुरमा रहेका स्वास्थ्य चौकी अन्तर्गत प्रसुति गृह संचालनका लागि सबल नेपालले दिएको उपकरण प्रयोगमा रहेको पाइएको छ । अनुगमनको क्रममा खडक नगरपालिका वडा ५ मा सबल नेपालले यहाँ बर्थिङ सेन्टर संचालनका लागि दिएका पिपि सेट, सेनिटाइजर, टायल जडान, फिट निर्माण लगायत बिभिन्न उपकरणहरू सहयोग वाट सेन्टर संचालनमा रहेको स्वास्थ चौकी खोजपुरका ईन्चार्ज बिन्दु यादबले बताईन ।
    साथै यस बर्थिङ सेन्टरमा महिनाको ३÷४ वटा शिशुको जन्म हुने गरेको र नियमित सरसफाईको कार्य समेत भइरहेको ईन्चार्ज यादबले बताईन । बर्थिङ सेन्टर संचालनमा स्वास्थकर्मिलाई बस्न कोठाको अभाव रहेको तथा बिजुली बतीको ब्यबस्थापन नहुदाँ संचालन गर्नमा कठिनाई भईरहेको ईन्चार्ज यादबले बताईन ।
    स्वास्थ्य चौकीमा सरसफाइ, गर्भवती महिलाहरुको स्याहार र किशोरकिशोरीहरुको लागि मैत्रीपुर्ण कार्यक्रम प्रभावकारी रहेको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाका अनिता चौधरीले बताईन । 
    त्यस्तै अनुगमन क्रममा खडक नगरपालिका वडा नं. १ स्थित वडा कार्यालयमा बालअधिकार संरक्षण समितिले गरेको बार्षिक कार्ययोजना, समुदायमा रहेको वालवालिकाहरूलाई सामग्री बितरण, प्रशिक्षण, तालिम तथा क्रियाकलाप सम्बन्धमा जानकारी लिएको छ ।
    सो अवसरमा वडा १ का वडा अध्यक्ष राजकुमार साहले बालवालिकाहरूको विभिन्न बिधालयमा पोसाक बितरण गरेको तथा समय समयमा बिधालयको निरिक्षण गर्दै आबश्यक सहयोग गर्दै आएको जानकारी दिए । उनले भने समुदाय र बिधालयमा वालवालिकाहरूलाई कुलतवाट जोगाउन लागुऔषध, बाल श्रम बारे तालिम लिएर समुदायमा जनचेतना जगाइरहेको जसकारण वडामा वालवालिकाहरू कुलतवाट जोगिएको बताए । 
    यसैगरी खडक नगरपालिका वडा ४ स्थित बागेश्वरी आधारभुत बिधालय अमहा तथा   खडक ५ को जनता राष्ट्रिय आधारभुत बिधालयहरूमा मर्मत सम्भार, रंगरोवन, खानेपानीको लागि फिल्टर सेट, चर्पि निर्माण, हरित बिधालयका लागि सबल नेपालले सुचकहरूको पूरा गर्न सहयोग गरेको, वालविकास कक्षामा सामग्री, शिक्षकहरूलाई शिक्षण सिकाई तालिम, शैक्षिक सामग्री, प्रशिक्षण जस्ता क्रियाकलापमा सहयोग गरेको खरचुहिया आधारभुत बिधालयका प्रअ दिनेश मण्डलले जानकारी दिए ।
    उक्त अनुगमनमा खडक नगरपालिका वडा गंगाराम चौधरी, वडा १ का अध्यक्ष राजकुमार साह, खडक नगरपालिका वडा ५ का सदस्य रामबिलास मण्डल, स्वास्थ शाखा प्रमुख जिवनारायण साह, महिला बाल कल्याण अधिकारी अनिता कुमारी साह, रोजगार शाखा प्रकाश चौधरी, कृषि शाखा राजेश चौधरी, सबल नेपालका उपाध्यक्ष भुपेश साह, फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक अशोक कुमार साह, राधेश्यम राम, अनुगमन संयोजक चन्दन चौधरी, पत्रकार चन्दन कुमार यादब, महेश सिँह, आशिष साह, सहितका सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन 
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण