दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तकोशीले बगाएर ल्याएको एक हरिणको जिवित्तै उद्धार गरिएको छ ।
कोशीले बगाएर लादै गरेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा नजिकै स्थानियवासी अरुण मुखियाले उक्त हरिणको जिवित्तै उद्धार गरेका हुन् ।
हरिणलाई घर पु¥याएर उनले सो बारे प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरीले टोलीले हरिणलाई पशु सेवा कार्यालयबाट आवश्यक उपचार गराई आइतबारै डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।
मुखियाले संयोगवस आफू कोशी किनारमा दाउरा बटुल्न गएको बेला हरिण बगिरहेको देखेर पौडी खेलेर बचाउन सफल भएको बताए ।
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार
सारांश
- कोशीले बगाएर लादै गरेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा नजिकै स्थानियवासी अरुण मुखियाले उक्त हरिणको जिवित्तै उद्धार गरेका हुन् ।
- हरिणलाई घर पु¥याएर उनले सो बारे प्रहरीलाई जानकारी गराएका थिए ।
- इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरीले टोलीले हरिणलाई पशु सेवा कार्यालयबाट आवश्यक उपचार गराई आइतबारै डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया