दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
राजविराज वडा नं. ११ फर्सैठ टोलका जनताहरुको शैक्षिक उत्थानका लागि फर्सैठ युवा क्लवले पुस्तकालय स्थापना गरेको छ ।
सरस्वती पुजाको अवसर पारेर बिहिवार स्थानिय युवाहरूको पहलमा आधारभुत बिद्यालय फर्सैठमा पुस्तकाल स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि अमेरिकामा कार्यरत फर्सैठ निवासी हरिवंश यादबसहित चार जना युवाको सहयोगमा ४३ हजार नगदमा पुस्तकालयको शुरूवात गरिएको जनाइएको छ ।
सो अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले पुस्तकालयको उद्घाटन गर्दै पुस्तकालयवाट युवाहरूलाई कुलतबाट जोगाउन र पढ्ने बानीको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । उनले स्थानिय युवाहरूलाई कुलतबाट जोगाउन पुस्तकालय उपयोगी हुने बताए ।
यसैगरी बिद्यालय निरिक्षक भोगेन्द्र यादबले किताबतर्फ आकर्सित भएमा युवाहरूलाई कुलतबाट रोक्न सकिने जिकिर गरे । गाउँका युवालाई कुलतबाट जोगाउन सभ्य नागरिक बनाउने उद्देश्यले यस क्षेत्रका युवालाई जागरूप बनाउने लक्ष्य रहेको बताए ।
त्यस्तै राजबिराज नगरपालीका प्रमुख लेखा अधिकृत उमाशंकर यादबले फर्सैठको बिकासमा टेवा पुग्ने बिश्वासले युवाहरूलाई पढााईतर्फ आकर्सित बनाउन पुस्तकालय स्थापना गरिएको बताए । पुस्तकालयलाई निरन्तरता थप ब्यबस्थित र मर्यादित बनाउन बिद्यालय ब्यबस्थापन समिति तथा फर्सैठ युवा कल्वले थप जिम्मेवार हुनुपर्नेमा उनले जोड समेत दिए ।
ब्यबस्थापन समितिका सदस्य लक्ष्मण यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासँघ शाखा सप्तरी सहसचिव चन्दनकुमार यादव, लेखापाल जयराम यादब, कृषि संयोजक हरि नारायण यादब, तथ्यांक शाखाका रबिन्द्र कुमार साह, फर्सैठ युवा क्लवका बरिष्ठ उपाध्यक्ष देवनारायण यादब, स्वास्थ शाखाका शिव नारायण देव, समाजसेवी शिवनारायण यादब, बिद्यालयका शिक्षक महेश साहलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा हरिवंशका बुवा शिव नारायण यादबले बिद्यालयका प्रधानाध्यापक रामदेव यादबलाई पुस्तकालयको सामग्रीहरू हस्तान्तरण समेत गरे ।
फर्सैठमा पुस्तकालय स्थापना
सारांश
- सरस्वती पुजाको अवसर पारेर बिहिवार स्थानिय युवाहरूको पहलमा आधारभुत बिद्यालय फर्सैठमा पुस्तकाल स्थापना गरिएको हो ।
- पुस्तकालय स्थापनाका लागि अमेरिकामा कार्यरत फर्सैठ निवासी हरिवंश यादबसहित चार जना युवाको सहयोगमा ४३ हजार नगदमा पुस्तकालयको शुरूवात गरिएको जनाइएको छ ।
- सो अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले पुस्तकालयको उद्घाटन गर्दै पुस्तकालयवाट युवाहरूलाई कुलतबाट जोगाउन र पढ्ने बानीको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया