परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर

राजविराज राजविराज
|
बुधबार, कार्तिक १९, २०८२
|
|
४५ पटक हेरिएको
Shares
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर

सारांश

  •     राजविराजमा बुधबार सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो बताएकी छिन् ।
  • आफू जन्मेको निर्वाचन क्षेत्र यही भएको र यहाँको जमिनी अवस्थाबारे पूर्ण जानकार पनि भएकोले आफू यस क्षेत्रका लागि उपयुक्त उम्मेदवार भएको दावी गरेकी हुन् ।
  • यद्यपी कुन पार्टीबाट चुनावमा उम्मेदवार बन्ने भन्नेबारे उनले खुलाइनन् ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 

    निवर्तमान प्रतिनिधिसभा सदस्य रञ्जु ठाकुरले अब हुने निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताएकी छिन् ।
    राजविराजमा बुधबार सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । आफू जन्मेको निर्वाचन क्षेत्र यही भएको र यहाँको जमिनी अवस्थाबारे पूर्ण जानकार पनि भएकोले आफू यस क्षेत्रका लागि उपयुक्त उम्मेदवार भएको दावी गरेकी हुन् । यद्यपी कुन पार्टीबाट चुनावमा उम्मेदवार बन्ने भन्नेबारे उनले खुलाइनन् ।
    निर्वाचन क्षेत्र नं. २ को शिक्षा, स्वास्थ्य र विकासको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले यो सबैमा उल्लेख्य परिवर्तन ल्याउन सक्षम, इमान्दार र यसैक्षेत्रको बासिन्दालाई जिताउनुपर्ने धारणा राखिन् ।
    “निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा जन्मिएकोे इमान्दार र जमिनी अवस्थाबारे जानकार उम्मेदवारलाई जिताउनु आवश्यक छ” उनले भनिन् “त्यसका लागि आफूलाई उपयुक्त ठान्दछु ।”
    आफूले निर्वाचन क्षेत्र नं. २ का समस्याबारे सबै भन्दा बढी आवाज उठाएको भन्दै यस क्षेत्रको विकासका लागि पनि निकै प्रयास गरेको जानकारी दिईन् । “मैलै पहल गरेर यसबर्ष १५ करोड बजेट विनियोजन गराउन सफल भएकी छु” ठाकुरले भनिन् ।
    विगतमा पनि यहाँको विकासका लागि आफूले पहल गरेर धेरै काम गरेपनि त्यसको प्रचारबाजी नगरेको हुँदा जनतामा नेताहरु केही काम गर्देन भन्ने सन्देश बढी फैलिएको गुनासो गर्दै उनले राम्रो र सकारात्मक कामलाई उजागर गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरिन् ।
    “जनतामा नेता केही गर्दैनन् भन्ने भावना फैलिएको छ, हाम्रो प्रयासमा भएका विकसिय कामहरुबारे कलम चलाउनुस र यसले आम जनतामा सकारात्मक सोचको विकास हुन्छ” उनले भनिन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
संसद विघटन बिरुद्ध काँग्रेसको  सबै क्षेत्रमा प्रदर्शन
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु