लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान

राजविराज राजविराज
|
बुधबार, मंसिर १, २०७८
|
|
४१ पटक हेरिएको
Shares
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान

सारांश

  •     लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार कोषद्वारा मंगलबार आयोजित पुरस्कार बितरण समारोहमा झालाई सो पुरस्कार प्रदान गरिएको हो ।
  •     नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पुरस्कृत पत्रकार झालाई प्रमुख अतिथि पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवले नगद ५ हजार ५ रुँपैया प्रदान गरि दोसल्ला र कदरपत्रबाट सम्मान गरे ।
  •       पत्रकार महासंघ सप्तरीका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी समेत रहेका झा पत्रकारिता क्षेत्रमा अझै क्रृयाशिल रहेको तथा समाज उत्थान र विकासमा योगदान पु¥याउँदै आएकाले उनलाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक ब्याशशंकर उपाध्यायले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 
    वरिष्ठ पत्रकार बैजनाथ झालाई लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ ।
    लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार कोषद्वारा मंगलबार आयोजित पुरस्कार बितरण समारोहमा झालाई सो पुरस्कार प्रदान गरिएको हो ।
    नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पुरस्कृत पत्रकार झालाई प्रमुख अतिथि पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवले नगद ५ हजार ५ रुँपैया प्रदान गरि दोसल्ला र कदरपत्रबाट सम्मान गरे । 
    पत्रकार महासंघ सप्तरीका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी समेत रहेका झा पत्रकारिता क्षेत्रमा अझै क्रृयाशिल रहेको तथा समाज उत्थान र विकासमा योगदान पु¥याउँदै आएकाले उनलाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक ब्याशशंकर उपाध्यायले बताए । 
    पत्रकार महासंघका पूर्वसभापति शिवहरि भट्राईले आफ्ना आमा लक्ष्मीदेवी र बुबा मुक्तिनाथ उपाध्यायको नाउँमा अक्षय कोषको स्थापना गरि गत वर्षदेखी लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएका छन् । उक्त पुरस्कारबाट सम्मानित हुने झा दोश्रो पत्रकार हुन् । यसअघि २०७७ सालको उक्त पुरस्कारबाट सप्तरीका वरिष्ठ पत्रकार ब्याशशंकर उपाध्याय सम्मानित भएका थिए । 
    कार्यक्रममा कोषका संस्थापक तथा मिडिया काउन्सील प्रदेश २ का अध्यक्ष समेत रहेका शिवहरिप्रसाद भट्राइले आगामी वर्षदेखी सो पुरस्कारको राशी ७ हजार पु¥याउने घोषणा गरे । उनले जन्म दिने आमा लक्ष्मी र कर्मक्षेत्रमा सहयोग गर्ने आमा बालकुमारीको नाम समेत जोडेर आगामी वर्षदेखी पुरस्कार राशी बृद्धि गरिने बताए । 
    सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष अजय झा, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार महासंघका पूर्व सभापति विष्णु मण्डल, धिरेन्द्र साह लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?