राजविराज÷चिसोबाट प्रभावित दलित, गरिब, विपन्न परिवारलाई सप्तरीको विष्णुपुर गाउँपालिकाले शनिबार फाइबरको सिरक बितरण गरेको छ ।
गाउँपालिकाको कार्यालयमा आयोजित सिरक बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश यादवले उक्त फाइबरका सिरहहरु बितरण गरेका छन् ।
उनले पहिलो चरणमा वडा नं. ४ र ७ का २ सय ५० विपन्नलाई सिरक बितरण गरिएको तथा पालिकाका ७ वटै वडामा एक हजार जनालाई सिरक बितरण कार्यक्रम रहेको जानकारी दिएका छन् ।
उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गर्न लागेको जानकारी समेत दिए ।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, प्रशासकीय अधिकृत सुभास मण्डल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विष्णुपुर गाउँपालिकाले एक हजार विपन्नलाई फाइबर सिरक बितरण गर्दै
सारांश
- उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गर्न लागेको जानकारी समेत दिए ।
- सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, प्रशासकीय अधिकृत सुभास मण्डल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया