बिडी पिउन नदिएपछि मागन्तेको हत्या

राजविराज राजविराज
|
बिहिबार, श्रावण ४, २०८०
|
|
४४ पटक हेरिएको
Shares
बिडी पिउन नदिएपछि मागन्तेको हत्या

सारांश

  •     सप्तरीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ ।
  • मागन्तेसँग बिडी पिउन माग्दा नदिएपछि उसको हत्या भएको घटना प्रहरीले सार्वजनिक गरेको हो ।
  •       जिल्लाको कंचनरुप नगरपालिका १ बेरियर चौकस्थित यात्रु प्रतिक्षालयमा बस्दै आएका नाम, थर, ठेगाना नखुलेको अन्दाजी ६० वर्षिय मागन्तेको गत असार ३१ गते मृत शरीर फेला परेको थियो ।

“बिडी सल्काएर पिइरहेको मगन्तेलाई देखेपछि आफूले पनि एउटा बिडी माग्दा गाली गलौजमा उत्रेपछि उस्कै लठी खोसेर ४÷५ पटक टाउकोमा हिर्काए ।”

दैनिक समाचारदाता
राजविराज, ४ साउन ।

    सप्तरीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । मागन्तेसँग बिडी पिउन माग्दा नदिएपछि उसको हत्या भएको घटना प्रहरीले सार्वजनिक गरेको हो । 
    जिल्लाको कंचनरुप नगरपालिका १ बेरियर चौकस्थित यात्रु प्रतिक्षालयमा बस्दै आएका नाम, थर, ठेगाना नखुलेको अन्दाजी ६० वर्षिय मागन्तेको गत असार ३१ गते मृत शरीर फेला परेको थियो । 
    सो घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको चार दिनपछि हत्या भएको निश्कर्षमा पुगेको हो । सो घटनामा संलग्न कंचनरुप नगरपालिका १० बदगामाका २८ वर्षिय मनोज पासवानलाई प्रहरीले बुधबार पक्राउ ग¥यो । प्रहरीले नियन्त्रणमा लिएर कडाईका साथ सोधपुछ गर्दा उनले बिडीकै मागन्तेको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 
    इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायका अनुसार शंकास्पद अवस्थामा रहेको शव फेला परेपछि पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । टाउको र काबाट रगत बगिरहेको अवस्थामा भेटिएको शवको प्रकृती हेर्दा कुटपिटबाट हत्या भएको आशंकाले पोष्टमार्टमका लागि पठाइएको उनले बताए । 
    हत्या बारे अनुसन्धानको क्रममा बुझ्दै जाँदा शव फेला परेको दिन बिहानको समयमा यात्रु प्रतिक्षालय नजिक एक युवक घुमिरहेको र निजको हुलिया बारे समेत स्थानियले प्रहरीलाई जानकारी दिएका थिए । 
    सोधपुछका क्रममा पक्राउ परेका पासवानले एकाबिहान घुम्दै गरेको समयमा बिडी सल्काएर पिइरहेको मगन्तेलाई देखेपछि आफूले पनि एउटा बिडी माग्दा गाली गलौजमा उत्रेपछि उस्कै लठी खोसेर ४÷५ पटक टाउकोमा हिर्काई भागेको प्रहरीसँग बयानमा भनेका छन् । 
    पक्राउ परेका मनोजलाई बिहीबार कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन