सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु

सारांश

  •     मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारको पञ्च वर्षिय योजनामा जिल्लाको विभिन्न स्थानहरुलाई सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्नुका साथै ती स्थानहरुको अवलोकन पश्चात् अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
  •       सम्पन्न अन्तरक्रियामा वक्ताहरुले जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
  • उनीहरुले सप्तकोशीदेखी हनुमाननगरसम्म २५ किलोमिटरको क्षेत्रलाई पर्यटकीय स्थल तथा पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सकिए जिल्लामा थोरै भएपनि रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने विश्वास व्यक्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज । 

    सप्तरीको  सप्तकोशी नगरपालिका २ गोबद्र्धन बैरागी उच्च माविमा शुक्रबार प्रस्तावित पर्यटकिय क्षेत्रको बिषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारको पञ्च वर्षिय योजनामा जिल्लाको विभिन्न स्थानहरुलाई सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्नुका साथै ती स्थानहरुको अवलोकन पश्चात् अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  
    सम्पन्न अन्तरक्रियामा वक्ताहरुले जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले सप्तकोशीदेखी हनुमाननगरसम्म २५ किलोमिटरको क्षेत्रलाई पर्यटकीय स्थल तथा पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सकिए जिल्लामा थोरै भएपनि रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने विश्वास व्यक्त गरेका छन् । 
    गृहमन्त्री लेखीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा मधेस योजना तथा नीति आयोगका उपाध्यक्ष डा. सोहन साह, नेकपा एमाले सप्तरीका ईन्चार्ज एवं पोलिट्व्युरो सदस्य सुमनराज प्याकुरेल, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल लगायत स्थानीय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो । 
    यसअघि बिहीबार मन्त्री लेखीको नेतृत्वमा उच्च स्तरीय टोलिले प्रस्तावित पर्यटकिय करिडोरको अध्यन अवलोकन समेत गरेको थियो । 

    टोलीले जिल्लाको कोशी ब्यारेजदेखि सप्तकोसी नगरपालिकामा अवस्थित ऐतिहासिक चन्द्र नहरसम्मको करीब २५ किलोमिटरमा पर्ने कोशी टप्पु बन्यजन्तु आरक्ष संग जोडिएका क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्ने उद्देश्यका साथ स्थलगत अध्यन अवलोकन गरेको हो ।
    मन्त्री लेखीले असोज १४ गते प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहलाई आयोगको पञ्च बर्षिय योजना तयार भई स्वीकृत हुने चरणमा रहेको हुदा जिल्लाको कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्र सँग जोडिएका पर्यटकिय सम्भावना बोकेका सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुर, सखुबनीहुँदै हनुमाननगर कंकालिनी सम्मको करीब २५ किलोमिटरको क्षेत्रलाई पर्यटकिय करिडोरको रुपमा बिकास गरिनु पर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
लागुऔषधसहित एक यूवक पक्राउ
लागुऔषधसहित एक यूवक पक्राउ
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
छिन्नमस्ता ६ को विकासीय गतिविधिले  तिब्रता पाउने ः मन्त्री साह
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
लेखापरिक्षक नियुक्ति प्रकरणमा आर्थिक चलखेल भएको आरोप
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु