ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
६८ पटक हेरिएको
Shares
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै

सारांश

  • सुविधासम्पन्न हरित पार्कका लागि डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८१÷८२ र २०८२÷८३ मा गरि २१ लाख तथा स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र स्थानीयवासीको ९ लाख ५० हजार गरी कुल ३० लाख ५० हजार लगानीमा भएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
  • हाल निर्माण कै क्रमम रहेको उक्त पार्कमा ट्री हाउस, बोटिसहित पोखरी, पिकनिक स्थल तथा विभिन्न प्रजातिका बिरुवासहितका पूर्वाधार निर्माण भइरहेका उनको भनाई छ ।
  • पार्क पूर्ण रुपमा व्यवस्थित भएपछी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि जिल्लाकै नमूना तथा आकर्षित पर्यटकीय स्थलको रुपमा स्थापित हुने अध्यक्ष लुईटेललको दाबी छ ।
दैनिक समाचारदाता
राजविराज, १० साउन । 
सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित रक्तमाला सामुदायिक वन उपभोक्ता समुहद्वारा संचालित जुटपानी ट्री हाउस पार्क अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै गएको छ ।
सुविधासम्पन्न हरित पार्कका लागि डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८१÷८२ र २०८२÷८३ मा गरि २१ लाख तथा स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र स्थानीयवासीको ९ लाख ५० हजार गरी कुल ३० लाख ५० हजार लगानीमा भएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
हाल निर्माण कै क्रमम रहेको उक्त पार्कमा ट्री हाउस, बोटिसहित पोखरी, पिकनिक स्थल तथा विभिन्न प्रजातिका बिरुवासहितका पूर्वाधार निर्माण भइरहेका उनको भनाई छ । पार्क पूर्ण रुपमा व्यवस्थित भएपछी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि जिल्लाकै नमूना तथा आकर्षित पर्यटकीय स्थलको रुपमा स्थापित हुने अध्यक्ष लुईटेललको दाबी छ ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाषचन्द्र दासले पार्कलाई पर्यटकीय स्थलको रुपमा विकसीत गर्ने उद्देश्यले वन कार्यालयले लगानी गरेको तथा आउँदो दिनमा समेत अझ आवश्यक लगानी गर्ने बताए । उनले पार्कमा बिरुवा रोपण तथा बोटिङसहित पोखरी निर्माणका लागि वन कार्यालयले लगानी गरेको जनाए । पिकनिक स्थल तथा ट्री हाउसमा उपभोक्ताहरुले नै लगानी गरेर आकर्षित बनाएको उनको भनाई छ ।
उनले फत्तेपुर क्षेत्रमा रहेको ३ सय ७४ हेक्टर वन क्षेत्रमध्ये ५ हेक्टर क्षेत्रलाई पर्यटकीय विकासका लागि छुट्याइएको जानकारी दिँदै उक्त क्षेत्रलाई पिकनिक, पारिवारिक भ्रमण तथा प्राकृतिक मनोरञ्जनका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए ।
यस्तै फत्तेपुरस्थित सव–डिभिजन वन कार्यालय परिसरमा ‘समृद्धिका लागि वन कार्यक्रम’ अन्तर्गत पातपतिङ्गर तथा झाडी व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादन भइरहेको जनाए ।
सो क्रममा कञ्चनरूप नगरपालिकास्थित सब–डिभिजन वन कार्यालय, कञ्चनपुरका अधिकृत सन्तोषकुमार यादव, डिभिजन वन कार्यालयका कार्यक्रम संयोजक पंकजकुमार मिश्र, रेन्जर दीपक टमाटा, लेखापाल लवकुमारलगायतले संचारकर्मीहरुको टोलीले कार्यालय परिसरमा रोपिएका विभिन्न जात तथा प्रजातिका बिरुवाको अवस्थाबारे समेत अवलोकन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान
आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
“म लेख्न सक्छु” अभियान सुरू 
“म लेख्न सक्छु” अभियान सुरू 
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
एनआईसी एशियाको २ सय ७९  शाखा महदेवामा संचालन
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?