ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै

सारांश

  • सुविधासम्पन्न हरित पार्कका लागि डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८१÷८२ र २०८२÷८३ मा गरि २१ लाख तथा स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र स्थानीयवासीको ९ लाख ५० हजार गरी कुल ३० लाख ५० हजार लगानीमा भएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
  • हाल निर्माण कै क्रमम रहेको उक्त पार्कमा ट्री हाउस, बोटिसहित पोखरी, पिकनिक स्थल तथा विभिन्न प्रजातिका बिरुवासहितका पूर्वाधार निर्माण भइरहेका उनको भनाई छ ।
  • पार्क पूर्ण रुपमा व्यवस्थित भएपछी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि जिल्लाकै नमूना तथा आकर्षित पर्यटकीय स्थलको रुपमा स्थापित हुने अध्यक्ष लुईटेललको दाबी छ ।
दैनिक समाचारदाता
राजविराज, १० साउन । 
सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित रक्तमाला सामुदायिक वन उपभोक्ता समुहद्वारा संचालित जुटपानी ट्री हाउस पार्क अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै गएको छ ।
सुविधासम्पन्न हरित पार्कका लागि डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८१÷८२ र २०८२÷८३ मा गरि २१ लाख तथा स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह र स्थानीयवासीको ९ लाख ५० हजार गरी कुल ३० लाख ५० हजार लगानीमा भएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
हाल निर्माण कै क्रमम रहेको उक्त पार्कमा ट्री हाउस, बोटिसहित पोखरी, पिकनिक स्थल तथा विभिन्न प्रजातिका बिरुवासहितका पूर्वाधार निर्माण भइरहेका उनको भनाई छ । पार्क पूर्ण रुपमा व्यवस्थित भएपछी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि जिल्लाकै नमूना तथा आकर्षित पर्यटकीय स्थलको रुपमा स्थापित हुने अध्यक्ष लुईटेललको दाबी छ ।
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाषचन्द्र दासले पार्कलाई पर्यटकीय स्थलको रुपमा विकसीत गर्ने उद्देश्यले वन कार्यालयले लगानी गरेको तथा आउँदो दिनमा समेत अझ आवश्यक लगानी गर्ने बताए । उनले पार्कमा बिरुवा रोपण तथा बोटिङसहित पोखरी निर्माणका लागि वन कार्यालयले लगानी गरेको जनाए । पिकनिक स्थल तथा ट्री हाउसमा उपभोक्ताहरुले नै लगानी गरेर आकर्षित बनाएको उनको भनाई छ ।
उनले फत्तेपुर क्षेत्रमा रहेको ३ सय ७४ हेक्टर वन क्षेत्रमध्ये ५ हेक्टर क्षेत्रलाई पर्यटकीय विकासका लागि छुट्याइएको जानकारी दिँदै उक्त क्षेत्रलाई पिकनिक, पारिवारिक भ्रमण तथा प्राकृतिक मनोरञ्जनका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए ।
यस्तै फत्तेपुरस्थित सव–डिभिजन वन कार्यालय परिसरमा ‘समृद्धिका लागि वन कार्यक्रम’ अन्तर्गत पातपतिङ्गर तथा झाडी व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादन भइरहेको जनाए ।
सो क्रममा कञ्चनरूप नगरपालिकास्थित सब–डिभिजन वन कार्यालय, कञ्चनपुरका अधिकृत सन्तोषकुमार यादव, डिभिजन वन कार्यालयका कार्यक्रम संयोजक पंकजकुमार मिश्र, रेन्जर दीपक टमाटा, लेखापाल लवकुमारलगायतले संचारकर्मीहरुको टोलीले कार्यालय परिसरमा रोपिएका विभिन्न जात तथा प्रजातिका बिरुवाको अवस्थाबारे समेत अवलोकन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी