छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २०, २०७७
|
|
७१ पटक हेरिएको
Shares
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल

सारांश

  •     बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय सभा सदस्य प्याकुरेलले सो कुराको जानकारी दिएका हुन् ।
  •       विगत तिन÷चार वर्षदेखी चार्चामा रहेको तथा ४० करोड रकम समेत अर्थमन्त्रालायबाट बिनियोजन भइसकेको अवस्थामा हाल प्रतिष्ठानको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।
  •       सो पत्रकार सम्मेलनमा उनले प्रतिष्ठानको जग्गा सम्बन्धी फायल भुमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषदमा गईसकेको र सो सम्बन्धी सम्पुर्ण कामहरु छठ पर्वपछि सुचारु हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
    राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पुर्ण काम छठ पर्व पछि शुरु हुने जानकारी दिएका छन् । 
    बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय सभा सदस्य प्याकुरेलले सो कुराको जानकारी दिएका हुन् । 
    विगत तिन÷चार वर्षदेखी चार्चामा रहेको तथा ४० करोड रकम समेत अर्थमन्त्रालायबाट बिनियोजन भइसकेको अवस्थामा हाल प्रतिष्ठानको सम्पूर्ण कामकाज ठप्प रहेको छ । 
    सो पत्रकार सम्मेलनमा उनले प्रतिष्ठानको जग्गा सम्बन्धी फायल भुमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषदमा गईसकेको र सो सम्बन्धी सम्पुर्ण कामहरु छठ पर्वपछि सुचारु हुने कुरामा आफू विश्वस्त रहेको बताए । 
    त्यसै गरी हरेक प्रतिष्ठानहरुको कार्यविधि फरक भएकाले समितीमा रहने डाक्टहरुको पदिय मर्यादा र पारिश्रमिकको पनि समस्याले गर्दा उक्त कार्यमा बाधा आएको उनको भनाई छ । 
    हाल प्रतिष्ठानको कार्यबाहक अध्यक्षका रुपमा डा. रोहित पोखरेललाई चयन गरिसकेको र प्रतिष्ठान सम्बन्धी ऐन नै बन्ने प्रकृयामा रहेकोले पनि अब उक्त कार्य चाडै पुरा हुने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वास्थ्य मन्त्राललयलाई निर्देशन भइसकेको उनले जानकारी समेत दिए । 
    त्यसै गरी सप्तरीको कन्चनरुप नगरपालिकामा निर्माणका क्रममा रहेको मदन भण्डारी खेलग्रामले पनि चाडै निरन्तरता पाउने उनको दाबी छ । 
    सोही पत्रकार सम्मेलनमा उनले नेकपा पार्टीको फुट्न लागेको हल्ला मात्रै भएको भन्दै पार्टी नफुट्ने दाबी गर्दै यस्ता हल्ला पछाडी सम्पूर्ण नेता कार्यकर्तालाई नलाग्न आग्रह समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् ब्यवस्थापन समिति गठन
विपद् ब्यवस्थापन समिति गठन
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी