दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
सप्तरी क्षेत्र नं. ४ (२) बाट मधेश प्रदेशसभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान तथा डाका मुद्दाको अभियोगमा सोमबार पक्राउ परेका छन् ।
घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । उनलाई नियन्त्रणमा लिइएको बारे तत्कालै प्रदेश सांसद सचिवालय तथा माथिल्लो निकायमा जानकारी गराइएको उनको भनाई छ ।
पक्राउ लगत्तै उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमतिका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले समय अभाव देखाउँदै मंगलबार उपस्थित गराउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले बताए ।
जनता समाजवादी पार्टीका स्थानीय प्रभावशाली नेता मानिएका उनलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएका हुन् ।
उनीमाथी सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय गोविन्द चौधरीको कर्तव्य ज्यान तथा डाका मुद्दाको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् । उक्त विषयमा जाहेरीपरेपछि अदालतमा वयान दिन समेत नआएर सिंह फरार थिए ।
२०६४ साल असार ९ गते तत्कालिन नेकपा माओवादीका नेता दिपु भनिने गोबिन्द चौधरीलाई साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङ्गडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ ।
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ
सारांश
- घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
- उनलाई नियन्त्रणमा लिइएको बारे तत्कालै प्रदेश सांसद सचिवालय तथा माथिल्लो निकायमा जानकारी गराइएको उनको भनाई छ ।
- पक्राउ लगत्तै उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमतिका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया