नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 

राजविराज राजविराज
|
बुधबार, मंसिर ४, २०७६
|
|
४५ पटक हेरिएको
Shares
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 

सारांश

  •     जिल्ला कमिटिले असन्तुष्ट पक्षलाई सो बैठकमा नबोलाएपछि असन्तुष्ट पक्ष बैठकमा आफै गएपछि बैठक स्थगित भएको असन्तुष्ट पक्षका एक एक नेताले बताएका छन् ।
  •       नेकपा गठनपछि सप्तरीमा बनेको जिल्ला कमिटिमा गोबिन्द न्यौपानेले सचिवको जिम्मेवारी पाएका छन् ।
  • तर, पुरानो एमालेको जिल्ला कमिटिमा रहेका कतिपय सदस्यहरू नयाँ कमिटिमा नअटाइएकोप्रति असन्तुष्टि पोख्दै उनले हालसम्म सचिव पदको सपथ समेत खाएका छैनन् ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरी जिल्ला कमिटी गठन पश्चात् उत्पन्न विवादका कारण बुधबार जिल्ला कमिटिले बेलाएको बैठक स्थगित भएको छ ।  
    जिल्ला कमिटिले असन्तुष्ट पक्षलाई सो बैठकमा नबोलाएपछि असन्तुष्ट पक्ष बैठकमा आफै गएपछि बैठक स्थगित भएको असन्तुष्ट पक्षका एक एक नेताले बताएका छन् । 
    नेकपा गठनपछि सप्तरीमा बनेको जिल्ला कमिटिमा गोबिन्द न्यौपानेले सचिवको जिम्मेवारी पाएका छन् । तर, पुरानो एमालेको जिल्ला कमिटिमा रहेका कतिपय सदस्यहरू नयाँ कमिटिमा नअटाइएकोप्रति असन्तुष्टि पोख्दै उनले हालसम्म सचिव पदको सपथ समेत खाएका छैनन् । न्यौपानेसँगै तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका पुर्वमन्त्री उमेश यादव पनि पार्टीको कुनै पनि जिम्मेवारी नपाएपछि उनी असन्तुष्ट देखिएका छन् । 
    यता प्रदेश २ का सदस्य महेश प्रसाद यादवले एक पक्षले दोश्रो पक्षलाइ कुनै जानकारी नदिइ ेस्बुधवार बोलाएको जिल्ला कमिटीको बेठकको विरोघ गर्दै पार्टीलाई विधानभन्दा पनि केहि खास ब्यक्तिको इसारामा चलाउन खोजिएको र पार्टीप्रति प्रतिबद्ध नेता–कार्यकर्ताहरूलाई पाखा लगाउन खोजिएको आरोप लगाएका छन् । 
    उनले नेकपाको केन्द्रीय सचिवालयको ०७६ वैशाख ८ को बैठकले जिल्ला कमिटी गठन गर्न तयार पारेको मापदण्डअनुसार कमिटी गठन गर्दा साविक जिल्ला कमिटीका सदस्यहरू यथावत रहने र थप्न मिल्ने अवस्थामा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम मध्येबाट थप्ने प्रावधानसहितको मापदण्ड केन्द्रीय कार्यालयले ०७६ वैशाख ९ गते परिपत्र गरको थियो । तर, सप्तरीमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका केही नेता–कार्यकर्ता कमिटीबााहिर रहेको दाबी गरे । 
    सप्तरीमा नेकपाको कुल १ सय ६५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य रहेका थिए । माओवादीतर्फ सिनियर नेता तथा जनयुद्धको क्रममा जेलनेल र यातना भोगेकाहरूलाई पाखा लगाइएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।
    नेकपाका केन्द्रिय सदस्यसमेत रहेका प्रदेश २ का सचिव सुमनराज प्याकुरेल र तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तथा जिल्ला सचिव रहेका प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, पुर्व मन्त्री उमेश कुमार यादव, महेश प्रसाद यादवर देवनाथ यादवको विच जिल्ला कमिटी गठनको विवाद चलिरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी सहिदको शालिकमा माल्यार्पण
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीले पाए ८ स्वर्ण पदक, मन्त्रीले गरे खेलाडीलाई सम्मान 
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
निःशुल्क सिलाई मेसिन वितरण 
निःशुल्क सिलाई मेसिन वितरण 
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी