छठ पर्वको तयारी तिब्र

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
छठ पर्वको तयारी तिब्र

सारांश

  •     यस क्रममा सप्तरीवासी अहिले विभिन्न तालतलाउ, नदी, खोला र पोखरीलाई सफा गरि पूजाघाट बनाउने र सिंगार्न व्यस्त भएका छन् ।
  • भक्तजनका साथै सेना, प्रहरी र जनप्रतनिधि मिलेर सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णी, शिव र तुरन्ती पोखरीलाई सरसफाई गर्न थालेका छन् ।
  •       छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यका साथ सबै मिलेर जलाशयहरुको सरसफाईमा जुटेको राजविराज ७ का वडा सदस्य रमानन्द देवको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 

    नेपालीहरुको दोश्रो ठूलो चाड तिहार सके लगत्तै लोकआस्थाको महान पर्व छठ धुमधामका साथ मनाउन हिन्दु धर्मावलम्बी उत्साहपूर्वक जुटेका छन् । 
    यस क्रममा सप्तरीवासी अहिले विभिन्न तालतलाउ, नदी, खोला र पोखरीलाई सफा गरि पूजाघाट बनाउने र सिंगार्न व्यस्त भएका छन् । भक्तजनका साथै सेना, प्रहरी र जनप्रतनिधि मिलेर सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, पूर्णी, शिव र तुरन्ती पोखरीलाई सरसफाई गर्न थालेका छन् । 
    छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यका साथ सबै मिलेर जलाशयहरुको सरसफाईमा जुटेको राजविराज ७ का वडा सदस्य रमानन्द देवको भनाई छ । 
    सूर्यको आराधना गरि मनाइने चार दिवसीय छठ पर्व अन्तरगत यस पल्ट कात्तिक ८ गते शनिबार नहायखाय, कात्तिक ९ गते आइतबार खरना, कात्तिक १० गते सोमबार सझिया घाट (अस्ताउदो सूर्यलाई अर्घ) र कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तय रहेको चण्डि दुर्गा भगवती मन्दिरका मूल पूजारी पण्डित दुर्गानन्द मिश्रको भनाई छ । 
    यता छठ पर्वमा पूजा र प्रसाद सामाग्रिमा प्रयोग हुने सरसामान खरीद गर्नेको बजारमा भिड बढ्दै गएको छ । स्थानीय यतिबेला छठ पूजा घाट सजाउन र पूजा सामाग्रि किन्न व्यस्त देखिएका छन् । 
    बजार अहिले छठ पूजाका सामाग्रिले भरिभराउ छन् भने ठाउँ ठाउँमा सडक किनारमै पूजा सामाग्रिका दर्जनौं अस्थायी पसलहरु समे खुलेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?