दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 

राजविराज राजविराज
|
शनिबार, फाल्गुन १, २०७७
|
|
२१ पटक हेरिएको
Shares
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 

सारांश

  •     उनले मुलुकका विभिन्न भागमा हालै दलित समुदायमाथी भएका जघन्य अपराध तथा हत्या, हिंसा, बलात्कार, छुवाछुत, विभेदलगायतका घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत गरे ।
  •       प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी र फाँसीवादी कदमको संज्ञा दिएका उनले उक्त कदम बिरुद्ध पनि संघर्षमा उत्रन दलित समुदायसँग आग्रह गरे ।
  •       स्थानिय राजरंगशालामा आयोजित जनसभामा हजारौंको संख्यामा आएका दलित समुदायले विभिन्न नाराका साथ नगर परिक्रमा गरेका थिए ।

    राजविराज÷मुलुकमा विभिन्न सरकार र व्यवस्था परिवर्तन हुँदा पनि दलितहरुको अवस्थामा भने कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 
    पूर्वको सप्तरी तथा पश्चिमको दैलेखबाट शनिबार एकै साथ राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल तथा संयुक्त दलित संघर्ष समिति सप्तरीको अगुवाईमा राजविराज दलितहरुले बृहत प्रदर्शन तथा जनसभा गरेका छन् । 
    अभियानका पूर्वी क्षेत्र संयोजक राजेश बिद्रोहीले जनसभालाई सम्बोधन गर्दै दलितलाई सबैले भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आएपनि हालसम्म उनीहरुको पीडा भने कसैले बुझ्न् नसकेको आरोप लगाएका छन् । 
    उनले मुलुकका विभिन्न भागमा हालै दलित समुदायमाथी भएका जघन्य अपराध तथा हत्या, हिंसा, बलात्कार, छुवाछुत, विभेदलगायतका घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग समेत गरे । 
    प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगामी र फाँसीवादी कदमको संज्ञा दिएका उनले उक्त कदम बिरुद्ध पनि संघर्षमा उत्रन दलित समुदायसँग आग्रह गरे । 
    स्थानिय राजरंगशालामा आयोजित जनसभामा हजारौंको संख्यामा आएका दलित समुदायले विभिन्न नाराका साथ नगर परिक्रमा गरेका थिए । कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
    अभियानका सप्तरी संयोजक प्रथमलाल रामको अध्यक्षतामा आयोजित जनसभालाई अभियानका अगुवा गंगा सदा, बद्री सदा, ललितादास बिद्रोही, मनोज राउत, भोला पासवान, चन्देश्वर दास, मित्र परियार, सियाराम पासवान, पूर्वसभासद् असर्फी सदालगायतले पनि सम्बोधन गर्दै प्रतिनिधिसभाको पुर्नस्थापना तथा वर्षौदेखी शोसित पीडित दलितको माग पुरा गराउन देशैभरबाट दबाब सृजना गर्न अभियान थालिएको बताएका थिए । 
    नागरिकता विहिन दलितहरुलाई अविलम्ब नागरिकताको व्यवस्था, दलितका लागि छुट्टै कानुनी व्यवस्था, पुस्तौदेखी बसोवास गर्दै आएका भूमिको लालपूर्जासहित हकभोगको व्यवस्था, जमिन, सम्पत्ति र पूँजीमाथी हदबन्दी, बाझो रहेका र हदभन्दा बढी रहेको सम्पत्ति जफत गरि गरिब, दलित समुदायमा बितरणको व्यवस्था लगायतको २५ बुँदे मागसहित अपिल पत्र जारि गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
अत्याधिक गर्मी बढेको भन्दै राजविराजका सबै सामुदायिक विद्यालयमा एक महिना विदा 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
कृषि विश्वविद्यालयको खातामा करोडौं रकम रहेकोले  कामकाजमा बाधा पर्दैन ः मुख्यमन्त्री सिंह
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम