दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार भएको दुर्घटनामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ७ बस्ने ४० वर्षिय कुमार बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएको बस्नेतलाई उपचारका लागी लहानस्थित सप्तऋषी अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सो नगरपालिका वडा नं ५ कुशहास्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.३ख. ३१४९ नम्बरको बसले सोही दिशातर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नं.को मोटरसाईकललाई ठक्कर दिएको हो ।
यता बस चालक फरार रहेकोले खोजबिन भइरहेको तथा बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा रहेको जनाइएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ७ बस्ने ४० वर्षिय कुमार बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- ठक्करबाट गम्भिर घाइते भएको बस्नेतलाई उपचारका लागी लहानस्थित सप्तऋषी अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
- सो नगरपालिका वडा नं ५ कुशहास्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया