दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा बुधवार राजविराजमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।
पत्रकार रजकको हत्या सम्बन्धमा स्वतन्त्र छानवीन गरी प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरु माथि कारवाहीसहित क्षतिपुर्ती, घाईते पत्रकारको निशुल्क उपचार र क्षति पुगेको संचारमाध्यमलाई यथोचित क्षतिपुर्तीका मागसहित दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मैनवत्ती प्रज्वलन गरि विरोध जनाएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् ।
यही मागहरु लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरि सरकारलाई ७ दिनको समय सिमा दिइएको तर सरकार पक्षले कार्यान्वय नगर्दा माग पुरा गराउन दवाव स्वरुप महासंघले दोश्रोे चरणको आन्दोलनको शुरुवात गरेको उनले बताए ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयबाट दिवंगत पत्रकार राउतको तस्बीर सहितका प्लेकार्ड वोकेर पत्रकारहरु मैनवती प्रज्वलन कार्यक्रममा सहभागि भएका थिए ।
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।
- पत्रकार रजकको हत्या सम्बन्धमा स्वतन्त्र छानवीन गरी प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरु माथि कारवाहीसहित क्षतिपुर्ती, घाईते पत्रकारको निशुल्क उपचार र क्षति पुगेको संचारमाध्यमलाई यथोचित क्षतिपुर्तीका मागसहित दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मैनवत्ती प्रज्वलन गरि विरोध जनाएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् ।
- यही मागहरु लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरि सरकारलाई ७ दिनको समय सिमा दिइएको तर सरकार पक्षले कार्यान्वय नगर्दा माग पुरा गराउन दवाव स्वरुप महासंघले दोश्रोे चरणको आन्दोलनको शुरुवात गरेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया