दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदैछ ।
स्थानियस्तरबाट जम्मा भएको करिब एक लाख रुँपैयाको लागतमा निर्माण हुन लागेको सहिद स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको लोसपाका नेता राजकुमार लेखीले जानकारी दिएका छन् ।
२०४७ सालमा निर्माण भएको दिलीप स्मृति प्रतिष्ठानको सक्रियतामा अभियानकै रुपमा सहिद दिलीप सभा भवन, फुटवल खेलमैदान समेत निर्माण गर्ने योजना रहेको नेता लेखीले बताए ।
स्मारक र सभा भवन निर्माणमा आर्थिक सहयोगका लागि प्रतिष्ठानले आह्वान समेत गरेको छ । भदौंैको अन्तिम सम्ममा निर्माण कार्य सम्पन्न हुने तथा असोज २ गते आर्थिक सहयोग गर्नेहरुको विवरण समेत सार्वजनिक गरिने उनले जनाए ।
आउँदो कात्तिक ६ गते एक समारोहकाबीच स्मारक स्तम्भको उद्घाटन गरिने तथा सोही कार्यक्रममा दुई जना पत्रकारलाई दिलीप स्मृती पुरस्कार प्रदान गर्ने जनाउँदै उक्त पुरस्कारको राशी ११ हजार हुने प्रतिष्ठानले जनाएको छ ।
पञ्चायति व्यवस्था बिरुद्ध बि.स. २०४२ सालमा बम काण्डको आरोपमा काठमाडौंको ल–क्याम्पसबाट पक्राउ परेका चौधरीलाई पक्राउ गरे लगत्तै हत्या गरिएको थियो ।
सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदै
सारांश
- स्थानियस्तरबाट जम्मा भएको करिब एक लाख रुँपैयाको लागतमा निर्माण हुन लागेको सहिद स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको लोसपाका नेता राजकुमार लेखीले जानकारी दिएका छन् ।
- २०४७ सालमा निर्माण भएको दिलीप स्मृति प्रतिष्ठानको सक्रियतामा अभियानकै रुपमा सहिद दिलीप सभा भवन, फुटवल खेलमैदान समेत निर्माण गर्ने योजना रहेको नेता लेखीले बताए ।
- स्मारक र सभा भवन निर्माणमा आर्थिक सहयोगका लागि प्रतिष्ठानले आह्वान समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया