दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
भारतबाट भन्सार छलेर ल्याइएका बिजुली, किराना र कपडा लागयतका सामानसहित तीन भारतीय नागरिकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ र राजविराज नगरपालिका वडा नं. ५ सडक खण्डमा चेकजाच गर्ने क्रममा ३ लाख ७६ हजार ३० रुँपैया मुल्य बराबरको ती सामानहरु बरामद गरिएको हो ।
डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त सामानसहित भारत सिवहर जिल्ला श्यामपुर गाउँ भटहा पंचायत २ का ४२ वर्षिय दिनानाथ साह, २४ वर्षिय रन्जय साह र २३ वर्षिय सुजित कुमारलाई नियन्त्रणमा लिइएको छ ।
बरामद सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छलेर ल्याएका विभिन्न सामानसहित तीन भारतीय पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.
- १२ र राजविराज नगरपालिका वडा नं.
- ५ सडक खण्डमा चेकजाच गर्ने क्रममा ३ लाख ७६ हजार ३० रुँपैया मुल्य बराबरको ती सामानहरु बरामद गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया