दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
भारतबाट भन्सार छलेर ल्याइएका बिजुली, किराना र कपडा लागयतका सामानसहित तीन भारतीय नागरिकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ र राजविराज नगरपालिका वडा नं. ५ सडक खण्डमा चेकजाच गर्ने क्रममा ३ लाख ७६ हजार ३० रुँपैया मुल्य बराबरको ती सामानहरु बरामद गरिएको हो ।
डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त सामानसहित भारत सिवहर जिल्ला श्यामपुर गाउँ भटहा पंचायत २ का ४२ वर्षिय दिनानाथ साह, २४ वर्षिय रन्जय साह र २३ वर्षिय सुजित कुमारलाई नियन्त्रणमा लिइएको छ ।
बरामद सामानसहित तीनै जनालाई आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भन्सार छलेर ल्याएका विभिन्न सामानसहित तीन भारतीय पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालयको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.
- १२ र राजविराज नगरपालिका वडा नं.
- ५ सडक खण्डमा चेकजाच गर्ने क्रममा ३ लाख ७६ हजार ३० रुँपैया मुल्य बराबरको ती सामानहरु बरामद गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया