कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 

राजविराज राजविराज
|
आइतबार, पौष २०, २०७६
|
|
४४ पटक हेरिएको
Shares
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 

सारांश

  •     प्रदेश सरकारले १ कठ्ठादेखि १० कठ्ठा सम्म जग्गा रहेका किसानलाई १० हजार रूपैया मल, खादका लागि सहुलियत दिने योजना रहेको भन्दै आप प्रसोधन केन्द्र पनि यसै बर्ष स्थापन हुने उल्लेख गरे ।
  •       साधारण सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री साहले प्रदेश सरकारले तीन वटा अरगेनिक मलको कारखाना स्थापना गर्ने तयारी गरिरहेकोमा त्यसमध्ये सप्तरीमा पनि एउटा अरगेनिक मल कारखाना स्थापना हुने स्पष्ट पारे ।
  •       जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजबिराज ९ मलेठका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा, वडा नं.

    राजविराज÷प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशको बिकासका लागि कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने बताएका छन् । 
    जनज्योती कृषि सहकारी संस्था लिमिटेड मलेठको ८ औ साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताउँदै सहकारीले अन्य कार्यसँगै कृषितर्फ समेत लगानी लगाउनुपर्नेमा जोड दिए ।
    कृषि तथा आन्तरिक पर्यटनको प्रबद्र्धनको बिकास भएमात्र प्रदेशको बिकास सम्भव रहेको भन्दै मन्त्री साहले चाडै नै मुख्यमन्त्री कृषि, उत्थान कार्यक्रम ल्याउने योजना रहेको जिकिर गरे । 
    प्रदेश सरकारले १ कठ्ठादेखि १० कठ्ठा सम्म जग्गा रहेका किसानलाई १० हजार रूपैया मल, खादका लागि सहुलियत दिने योजना रहेको भन्दै आप प्रसोधन केन्द्र पनि यसै बर्ष स्थापन हुने उल्लेख गरे । 
    साधारण सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री साहले प्रदेश सरकारले तीन वटा अरगेनिक मलको कारखाना स्थापना गर्ने तयारी गरिरहेकोमा त्यसमध्ये सप्तरीमा पनि एउटा अरगेनिक मल कारखाना स्थापना हुने स्पष्ट पारे । 
    जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजबिराज ९ मलेठका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा, वडा नं. का अध्यक्ष शम्भु प्रसाद यादव लगायत वक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
    यसअघि संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. २०७५÷७६ मा ३ करोड ३१ लाख ७ हजार ११ रुँपैया निक्षेप (बचत) संकलन भएको जानकारी दिए । त्यस्तै संस्थाले ९ करोड २१ लाख ५ हजार ९ सय १७ रुँपैया कर्जा लगानी गरेको र २३ लाख ७५ हजार २ सय ९२ रुँपैया नाफा भएको प्रतिवेदनमा उल्लेख छ । 
    यता शनिबारै उद्घाटन सत्र पश्चात् सम्पन्न बन्द सत्रबाट पुनः विश्वनाथ मण्डलकै नेतृत्वमा चार वर्षका लागि ७ सदस्यीय कार्य समिति चयन गरिएको छ भने बलराम यादवको नेतृत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
भरुवा बन्दुकसहित दुई पक्राउ   
भरुवा बन्दुकसहित दुई पक्राउ   
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो