दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
दलित तथा अल्पसंख्यक, विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै शनिबार राजविराजमा दलित तथा विपन्न समुदायले प्रदर्शन गरेका छन् ।
दलित तथा अल्पसंख्यक विपन्न वर्ग विकास सेवा समिति केन्द्रिय कार्यालय कंचनरुप नगरपालिकाको अगुवाईमा स्थानिय शिव मन्दिर प्राङ्गणबाट निस्केको जुलुसमा गाउँ गाउँबाट ठूलो संख्यामा महिला तथा राष्ट्रवादी यूवा लेखिएको भेष्ट लगाएर यूवाहरु सहभागि भएका थिए ।
दलित विपन्नको समस्या समाधान गर, रोजगारी शिक्षा र आवासको व्यवस्था गर, हिन्दु धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धन गर लगायतका नारासहित स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सुरु भएको ¥याली नगर परिक्रमा पश्चात् सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।
समाजसेवी उम्मेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित सभामा बोल्दै समितिका अनुगमन विभागका प्रभारी विश्व मल्लले पंचायतकालमा पूर्ण संचालनमा रही हजारौं यूवालाई रोजगारी दिइएको बिराटनगर जुट मिल, जनकपुरस्थित चुरोट कारखाना र बुटवलस्थित धागो उद्योग लगायतका कारखाना र उद्योगहरु अहिले बन्द अवस्थामा रहेका कारण धेरैले बेरोजगार बन्नु परेको जिकिर गरे ।
समाजसेवी तुलाराम लुईटेलले दलित तथा विपन्नलाई लक्षित गरेर रोजगारीको व्यवस्था अहिलेको मुख्य आवश्यकता रहेको बताए । समाजसेवी सीतराम मण्डलले राष्ट्रको उन्नती र प्रगतीका लागि विपन्न वर्गको उत्थान पनि उत्तिकै जरुरी रहेको बताए ।
समाजसेवी शिवलखन मण्डलले हिन्दु धर्म संस्कृतीको रक्षा, दलितहरुको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरे ।
समितिका कोषाध्यक्ष मदन श्रेष्ठले दलित भनेको शिल्पकार भएको जिकिर गर्दै सरकार तथा उपल्लो जातीले दलित भनेर होच्याउने गरेको बताए । उनले सम्मान गर्ने हो भने दलितलाई शिल्पकार भनेर सम्बोधन गर्न सबैसँग आग्रह गरे ।
समितिका अध्यक्ष विष्णुदेव यादवले हाल दलित तथा अल्पसंख्यक विपन्न वर्ग विकास समितिको केन्द्रिय कार्यालय सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा रहेको जानकारी दिँदै १८ वटै पालिकामा संस्थाको कार्यालय बिस्तार गर्ने योजना रहेको बताए । संस्थामा आवद्ध भएकाहरुलाई शिपमूलक तालिमसँगै विपत परेका बेला राहत तथा अन्य सहयोग समेत उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाई थियो ।
थ्स्सभामा सन्तबहादुर रुमला, कोपिला अधिकारी, जयप्रकाश ढुंगाना, सीताराम भण्डारी, कुमार बस्नेत, सन्तोष श्रेष्ठ, रामसुन्दर मण्डल, हिरा कार्की, परमेश्वर साह, केदार ओली, मानपुर चौधरीलगायतले पनि बोल्दै दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थानका लागि सरकारले अविलम्ब विभिन्न योजना तथा कार्यक्रमहरु ल्याउनु पर्ने माग गरेका थिए ।
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
सारांश
- दलित तथा अल्पसंख्यक विपन्न वर्ग विकास सेवा समिति केन्द्रिय कार्यालय कंचनरुप नगरपालिकाको अगुवाईमा स्थानिय शिव मन्दिर प्राङ्गणबाट निस्केको जुलुसमा गाउँ गाउँबाट ठूलो संख्यामा महिला तथा राष्ट्रवादी यूवा लेखिएको भेष्ट लगाएर यूवाहरु सहभागि भएका थिए ।
- दलित विपन्नको समस्या समाधान गर, रोजगारी शिक्षा र आवासको व्यवस्था गर, हिन्दु धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धन गर लगायतका नारासहित स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सुरु भएको ¥याली नगर परिक्रमा पश्चात् सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।
- समाजसेवी उम्मेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित सभामा बोल्दै समितिका अनुगमन विभागका प्रभारी विश्व मल्लले पंचायतकालमा पूर्ण संचालनमा रही हजारौं यूवालाई रोजगारी दिइएको बिराटनगर जुट मिल, जनकपुरस्थित चुरोट कारखाना र बुटवलस्थित धागो उद्योग लगायतका कारखाना र उद्योगहरु अहिले बन्द अवस्थामा रहेका कारण धेरैले बेरोजगार बन्नु परेको जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया