दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित जनता माध्यामीक विद्यालय खुरहुरियाका निमित्त प्रधानाध्यापक लामो समयदेखि अनुपस्थित हुँदा विद्यालयको पठनपाठन तथा प्रशासनिक काम समेत प्रभावित भएको छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक अशोक कुमार यादव चार महिनादेखि विद्यालयमा अनुपस्थित हुदा विद्यालयको पठनपाठनदेखि अन्य दैनिक कामकाज र व्यवस्थापनमा समेत प्रभावित भएको हो ।
विद्यालयका शिक्षक, लेखा अनुगमन समितिले विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानाध्यापक यादवले विभिन्न शिर्षकको बजेट अनियमित तरीकाबाट खर्च गरेको पाइएको आरोप लगाएका छन् ।
सो खर्च वापतको विल भरपाई माग गर्दा गत असार २० गते देखि उनी विद्यालयमा अनुपस्थित रहदै आएको लेखा अनुगमन समितिका सदस्य कैलाश यादवले जानकारी दिए । सामाजिक लेखा परिक्षणका लागि वडा नं. १ का अध्यक्ष बलराम यादवको संयोजकत्वमा गठित लेखा अनुगमन समितिले आ.ब. २०७९÷०८० मा तीन लाख ७९ हजार आठ सय ९० तथा २०८१÷८२ मा ५ लाख १३ हजार र अन्य बेरितको खर्च गरि कुल १९ लाख २९ हजार नौ सय ३८ रुपैयाँ अनियमित ढंगले खर्च गरेको पाइएको जनाएको छ ।
लेखा अनुगमन समितिले कारबाही प्रक्रिया अगाडि बढाएपछि निमित्त प्रधानाध्यापक यादव विद्यालय आउन छाडेको सहायक प्रधानाध्यापक महेश कुमार यादवले बताए ।
विद्यालयमा महिनौंसम्म प्रधानाध्यापक यादव हाजिर नभएको तथा त्यसको असर पठनपाठन तथा विद्यालय प्रशासनलाई पर्न गएको बारे माथिल्लो निकायमा जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको विद्यालयका अधिकांश शिक्षक र अभिभावकले पत्रकार सम्मेलनमा गुनासो गरे ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८२ असोज २४ गते विष्णुपुर गाउँपालिकालाई पत्राचार गरी प्रधानाध्यापक व्यवस्थापन गर्न भनेपनि हालसम्म गाउँपालिकाले कुनै जानकारी नगराएको पत्रकार सम्मेलनमा शिक्षकहरुले बताए ।
विद्यालयको शैक्षिक अवस्था सुधार सहित विभिन्न माग रखेर ठित विद्यालय संघर्ष समितिका संयोजक प्रेम नारायण यादवले गाउँपालिका र वडा कार्यालयको गैर जिम्मेवारीपनले विद्यलयमा समस्या आएको आरोप समेत लगाए ।
गाउँपालिका अध्यक्ष उपेश प्रसाद यादवले आरोपको खण्डन गर्दै केही शिक्षक र अभिभावककै कारण यस्तो अवस्था सृजना भएको बताए । उनले काम गर्ने वातावरण नभएकै कारण निमित्त प्रअलाई गाउँपालिकामा काजमा खटाइएको जानकारी दिए ।
विद्यालयमा देखिएको विवाद समाधानका लागि आफुहरु गम्भिर भएको भन्दै त्यसका लागि आवश्यक पहल थालिएको बताए । शिक्षा संयोजक रामेन्द्र यादवले निमित्त प्रअलाई त्यहाँका स्थानिय गुटबाजीले धाक धम्की दिदै आएको कारण काम गर्न असहज भएकोले उनी गाउँपालिकमा हाजिर भएर बसेको बताए ।
यता विद्यालयका निमित्त प्रधानाध्यापक यादवले आफू सम्पर्कविहिन नभएको बताउँदै विद्यालयमा जाँदा दिनहुँ धाक धम्की, आउँदा हाजिर हुने अवस्था नरहेकाले हाल गाउँपालिकामा आएर हाजिर हुन बाध्य भएको लाचारी सुनाए ।
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
सारांश
- विद्यालयका निमित्त प्रधानाध्यापक अशोक कुमार यादव चार महिनादेखि विद्यालयमा अनुपस्थित हुदा विद्यालयको पठनपाठनदेखि अन्य दैनिक कामकाज र व्यवस्थापनमा समेत प्रभावित भएको हो ।
- विद्यालयका शिक्षक, लेखा अनुगमन समितिले विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानाध्यापक यादवले विभिन्न शिर्षकको बजेट अनियमित तरीकाबाट खर्च गरेको पाइएको आरोप लगाएका छन् ।
- सो खर्च वापतको विल भरपाई माग गर्दा गत असार २० गते देखि उनी विद्यालयमा अनुपस्थित रहदै आएको लेखा अनुगमन समितिका सदस्य कैलाश यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया