दैनिक समाचारदाता
राजबिराज, २३ फागुन ।
राजबिराज वडा नं. १४ परसाहीमा वडा स्तरिय पोषण तथा खाध सुरक्षा निर्दशक समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार राजबिराज नगरपालिकाको सहयोगमा राजबिराज १४ स्थित वडा कार्यालय परसाहीमा वडामा पोषणको स्तरमा सुधार ल्याउन र खाध सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्य अभिमुखिकरण बैठकको आयोजना गरिएको हो ।
सो अवसरमा वडा अध्यक्ष सुवालाल मण्डलले चेतनाको अभावका कारण कुपोषण बढेकोले जनचेतना फैलाउनु पर्नेमा जोड दिए ।
नगरमा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन बैठकको आयोजना गरिएको नगर पोषण सहजकर्ता रंजिता यादबले बताईन । गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका सहजकर्ता यादबले बताईन ।
बैठकमा महिलाहरूलाई शिशु स्याहारसँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहलो फलफुल, सागसब्जी र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्नेमा बताईएको छ ।
सुनौलो हजार महिलाहरूलाई बानी समेत व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन अभिमुखिकरण बैठकले टेवा पुग्ने बताईएको छ ।
सो अवसरमा वडा सचिव चेतनारायण यादब, पत्रकार चन्दन कुमार यादब लगायत वडा सदस्य, महिला स्वयमसेविका, शिक्षक÷शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न
सारांश
- आईतवार राजबिराज नगरपालिकाको सहयोगमा राजबिराज १४ स्थित वडा कार्यालय परसाहीमा वडामा पोषणको स्तरमा सुधार ल्याउन र खाध सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्य अभिमुखिकरण बैठकको आयोजना गरिएको हो ।
- सो अवसरमा वडा अध्यक्ष सुवालाल मण्डलले चेतनाको अभावका कारण कुपोषण बढेकोले जनचेतना फैलाउनु पर्नेमा जोड दिए ।
- नगरमा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन बैठकको आयोजना गरिएको नगर पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया