दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
महाशिवरात्रीका अवसरमा बिहीबार शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ ।
सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् ।
यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ । गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
यसपटक स्थानिय प्रशासनले त्यस्तो कुनै आदेश जारि नगरेकाले तथा कोरोनाको जोखिम पनि कम हुँदै गएकाले शिवालयहरुमा भक्तजनको घुइचो लागेको सम्बद्ध मन्दिरका पूजारीहरुले बताएका छन् ।
पूजाकै क्रममा सप्तकोशी, त्रियुगालगायतका जलाशयबाट एका बिहानै जल ल्याएर बोलबम बोलबमको नारा लगाउँदै शिवालयहरुमा जल चढाउने भक्तजनको भिड पनि कम थिएन् ।
दर्शनका लागि आउने दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले आवश्यक सुविधाको प्रबन्ध मिलाएका थिए । स्वमसेवक र प्रहरीले लाइन ब्यवस्थापनमा ध्यान दिएकाले पूजापाठ सहज भएको सीमावर्ती भारतको कुनौली बजारबाट शम्भुनाथ मन्दिर पुगेका ग्रामपंचायत प्रमुख कौशलकुमारले बताए ।
शिवालयमा भक्तजनको घुइचो
सारांश
- सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् ।
- यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ ।
- गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया