महदेवाका हजरत अस्पताल परिसरमै लुटिए

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १७, २०७८
|
|
२२ पटक हेरिएको
Shares
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए

सारांश

  •     महादेवा गाउँपालिका ४ बलियाका मो.
  • हजरतले शुक्रबार पत्रकार सम्मेलन गर्दै गाउँका मो.
  • आसिन मियाँ र मो.

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    सप्तरीको महादेवा गाउँपालिका ४ वलियाका एक व्यक्ति गजेन्द्रनारायण सिंह अस्पताल  राजविराज परिसर भित्र लुटिएका छन् । 
    महादेवा गाउँपालिका ४ बलियाका मो. हजरतले शुक्रबार पत्रकार सम्मेलन गर्दै गाउँका मो. आसिन मियाँ र मो. फिदा हुसेन लगायतकाले नगद तथा मोबाईल लुटपाट भएको आरोप लगाएका हुन् ।
    गत बुधबार गाउँमा विवाद पश्चात् कुटपिटबाट वुवा कमुल मियाँ र दाजु जामुन मियाँ घाईते भएपछि उपचारका लागि अस्पतालमा ल्याउँदा आसिन र फिदाको समुहले अस्पताल हाताभित्र कुटपिट गर्दै लुटपाट गरेको उनले आरोप लगाए । 
    चिकित्सकले औषधि लेखेको पुर्जा लिएर बाहिर आउने क्रममा उनीहरुले अचानक आक्रमण गरि नगद ६५ हजार र एक थान मोबाइल लुटेर लगेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 
    आसिन र फिदा लगायत १०÷१२ जनाको समुहले धारिलो हतियारसहित आक्रमण गरे, हजरतले पत्रकार सम्मेलनमा भने, “उनीहरुले कुटपिट गर्दै आफुसंग औषधि किन्न राखेको पैसा र मोबाइल लुटेर लगे” उनले थपे, आफुलाई अपहरण गर्ने मनसायले आएका उनीहरु आफू चिच्याउनु थालेपछी प्रहरी पुग्नसाथ केहि भागे केही व्यक्ति पक्राउ समेत परे ।” 
    आक्रमणमा संलग्न मुख्य अभियुक्तलाई प्रहरी पक्राउ गर्न नसकेकोले गाउँ घर तर्फ जान समेत नसक्ने अबस्था रहेको उनको भनाई छ । अभियुक्तहरु भर्खरै अभद्र व्यवाहार मुद्वामा पक्राउ परि रिहाई भएको बताउदै उनीहरुको आक्रमणबाट घाईते बुवा र दाजुको बिराटनगरमा उपचार भईरहेको उनले बताए । 
    हजरतले अभियुक्तहरुलाई पक्राउ, शान्ति सुरक्षाको व्यवस्था, घाईते बुवा र दाजुको औषधी उपचार खर्चको ब्यबस्थाका लागि पहल गरिदिन हुन सरोकारवालाहरुलाई पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह