एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश

राजविराज राजविराज
|
शनिबार, बैशाख १०, २०७९
|
|
८० पटक हेरिएको
Shares
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश

सारांश

  •     राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराएका हुन् ।
  •       मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लडेका थिए भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
  •       पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ शनिबार एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । 
    राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराएका हुन् । 
    मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लडेका थिए भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए । 
    पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । 
    पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेश कुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?