दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
नेपाल सहकारी संस्था लिमिटेड राजविराजको १९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०६८ असार मसान्तसम्ममा संस्थाको कुल शेयर सदस्य २ हजार ४ सय ४२ जनाबाट शेयर पुँजी २ करोड ६३ लाख ९१ हजार ३ सय रहेको जानकारी दिएका छन् ।
प्रस्तुत प्रतिवेदनमा कुल निक्षेप ४४ करोड ६३ लाख ४६ हजार ५ सय ३५ मध्येबाट ४० करोड ६८ लाख ८४ हजार २३ रुँपैया फिर्ता तथा कुल ऋण लगानी ३१ करोड ५ लाख १२ हजार १ सय ६७ मध्येबाट २९ करोड ४९ लाख ८८ हजार ९० रुँपैया असुली गरिएको उल्लेख छ ।
त्यस्तै संस्थाले आ.ब. २०७७÷६८ मा ४५ लाख ३१ हजार ७२ रुँपैया ८ पैसा खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले चालु आ.ब. ०७८÷०७९ को कात्तिक महिनादेखी रेमिटान्सको कारोबारमा बृहत बृद्धि भएको प्रतिवेदनमा जनाइएको छ ।
संस्था अध्यक्ष गुप्ताको अध्यक्षतामा आयोजित साधारण सभामा शेयर सदस्यहरु सुरेन्द्र प्रसाद गुप्ता, रणधिर कुमार कर्ण, देवनारायण साह, इन्द्रसागर गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका संचालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरुलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाल सहकारीको साधारण सभा सम्पन्न
सारांश
- आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०६८ असार मसान्तसम्ममा संस्थाको कुल शेयर सदस्य २ हजार ४ सय ४२ जनाबाट शेयर पुँजी २ करोड ६३ लाख ९१ हजार ३ सय रहेको जानकारी दिएका छन् ।
- प्रस्तुत प्रतिवेदनमा कुल निक्षेप ४४ करोड ६३ लाख ४६ हजार ५ सय ३५ मध्येबाट ४० करोड ६८ लाख ८४ हजार २३ रुँपैया फिर्ता तथा कुल ऋण लगानी ३१ करोड ५ लाख १२ हजार १ सय ६७ मध्येबाट २९ करोड ४९ लाख ८८ हजार ९० रुँपैया असुली गरिएको उल्लेख छ ।
- त्यस्तै संस्थाले आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया