दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
नेपाल सहकारी संस्था लिमिटेड राजविराजको १९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०६८ असार मसान्तसम्ममा संस्थाको कुल शेयर सदस्य २ हजार ४ सय ४२ जनाबाट शेयर पुँजी २ करोड ६३ लाख ९१ हजार ३ सय रहेको जानकारी दिएका छन् ।
प्रस्तुत प्रतिवेदनमा कुल निक्षेप ४४ करोड ६३ लाख ४६ हजार ५ सय ३५ मध्येबाट ४० करोड ६८ लाख ८४ हजार २३ रुँपैया फिर्ता तथा कुल ऋण लगानी ३१ करोड ५ लाख १२ हजार १ सय ६७ मध्येबाट २९ करोड ४९ लाख ८८ हजार ९० रुँपैया असुली गरिएको उल्लेख छ ।
त्यस्तै संस्थाले आ.ब. २०७७÷६८ मा ४५ लाख ३१ हजार ७२ रुँपैया ८ पैसा खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले चालु आ.ब. ०७८÷०७९ को कात्तिक महिनादेखी रेमिटान्सको कारोबारमा बृहत बृद्धि भएको प्रतिवेदनमा जनाइएको छ ।
संस्था अध्यक्ष गुप्ताको अध्यक्षतामा आयोजित साधारण सभामा शेयर सदस्यहरु सुरेन्द्र प्रसाद गुप्ता, रणधिर कुमार कर्ण, देवनारायण साह, इन्द्रसागर गुप्तालगायतले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाका संचालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरुलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाल सहकारीको साधारण सभा सम्पन्न
सारांश
- आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०६८ असार मसान्तसम्ममा संस्थाको कुल शेयर सदस्य २ हजार ४ सय ४२ जनाबाट शेयर पुँजी २ करोड ६३ लाख ९१ हजार ३ सय रहेको जानकारी दिएका छन् ।
- प्रस्तुत प्रतिवेदनमा कुल निक्षेप ४४ करोड ६३ लाख ४६ हजार ५ सय ३५ मध्येबाट ४० करोड ६८ लाख ८४ हजार २३ रुँपैया फिर्ता तथा कुल ऋण लगानी ३१ करोड ५ लाख १२ हजार १ सय ६७ मध्येबाट २९ करोड ४९ लाख ८८ हजार ९० रुँपैया असुली गरिएको उल्लेख छ ।
- त्यस्तै संस्थाले आ.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया