संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी

राजविराज राजविराज
|
बुधबार, माघ २८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी

सारांश

  •     मधेशी नागरिक समाजद्वारा मंगलबार राजविराजमा आयोजित देशको समसामयिक राजनीतिक परिस्थिती बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीमा देखिएको विवादलाई समाधान गर्नुभन्दा पनि आफूले भने अनुसार नहुने देखेपछि प्रधामन्त्रीले प्रतिनिधिसभालाई नै समाप्त पारेको आरोप लगाए ।
  •          कहिले भारतले आफू नेतृत्वको सरकार खसाउन खोजेको भन्ने, कहिले भारतकै गूप्तचर संस्थाका प्रमुखसँग गोप्य भेटघाट गर्ने प्रधामन्त्रीको व्यवहार दोहोरो चरित्रको रहेको उनको भनाई छ ।
  •       ओली नेतृत्वको सरकार जनताको समस्या भन्दा पनि भ्रष्टाचार र कमिशनतन्त्रलाई बढावा दिइएको आरोप लगाउदै उनले कोरोनाका कारण जनता छटपटाइ रहँदा सरकारका मन्त्रीहरुले कात्रोमा पनि कमिशन खाएको व्यापक चर्चाले प्रमाणित गरेको उल्लेख गरे ।

दैनिक समाचारदाता 
राजविराज, २७ माघ ।
    नागरिक समाजका अगुवा तथा अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्रीले चालेको प्रतिनिधिसभा विघटनको कदमप्रति चुप लागेर बस्ने अवस्था नरहेको बताएका छन् ।
    मधेशी नागरिक समाजद्वारा मंगलबार राजविराजमा आयोजित देशको समसामयिक राजनीतिक परिस्थिती बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टीमा देखिएको विवादलाई समाधान गर्नुभन्दा पनि आफूले भने अनुसार नहुने देखेपछि प्रधामन्त्रीले प्रतिनिधिसभालाई नै समाप्त पारेको आरोप लगाए ।    
    कहिले भारतले आफू नेतृत्वको सरकार खसाउन खोजेको भन्ने, कहिले भारतकै गूप्तचर संस्थाका प्रमुखसँग गोप्य भेटघाट गर्ने प्रधामन्त्रीको व्यवहार दोहोरो चरित्रको रहेको उनको भनाई छ । 
    ओली नेतृत्वको सरकार जनताको समस्या भन्दा पनि भ्रष्टाचार र कमिशनतन्त्रलाई बढावा दिइएको आरोप लगाउदै उनले कोरोनाका कारण जनता छटपटाइ रहँदा सरकारका मन्त्रीहरुले कात्रोमा पनि कमिशन खाएको व्यापक चर्चाले प्रमाणित गरेको उल्लेख गरे । 
    मानवअधिकार शान्ति समाजका अध्यक्ष उत्तम पुडाशैनीले प्रधानमन्त्रीको कदम स्वेच्छाचारी रहेको बताउँदै त्यसका बिरुद्ध आफूहरु जनमत तयार गर्न अभियानमा निस्केको बताए । 
    मधेशी नागरिक समाजका अगुवा रामरिझन यादवले कहिलेको अवस्था आउनुको पछाडी प्रमुख दोषि प्रधानमन्त्री केपी ओली रहेको भन्दै नेपाली काँग्रेसले पनि सशक्त प्रतिपक्षिको भुमिका देखाउन नसकेका कारण उनको पनि दोष रहेको टिप्पणी गरे । 
    वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलले प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक र मुलुकको हित विपरित भएकोले यसलाई सच्याउनु पर्नेमा जोड दिए । 
    नागरिक समाजका अगुवा बलराम यादव मुलुकको एक भागमा दिपावली र अर्को भागमा ब्ल्याक आउटको तयारी भइरहेको बेला संविधान जारि गर्नु नै प्रतिगमनको सुरुवात भएको बताए । 
    वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक अमरकान्त झाले पनि प्रतिनिधिसभा विघटनको बिरुद्धमा आफ्नो धारण राखेका थिए । सो कार्यक्रममा जिल्लाका बुद्धिजिवि, प्राध्यापक, विभिन्न पार्टीका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?