चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु

राजविराज राजविराज
|
मंगलबार, चैत्र १९, २०८१
|
|
११९ पटक हेरिएको
Shares
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु

सारांश

  •     चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो ।
  • व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन ।
  • व्रतालुले दोश्रो दिन बुधवार खरना, तेश्रो दिन बिहीबार अस्ताउदो सुर्यलाई तथा चौथो दिन शुक्रबार उदाउदो सुर्यलाई अर्घ दिएपछी चारदिवसीय चैती छठ पर्व सम्पन्न हुनेछ ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत । 

    वर्षको दुई पटक मनाइने छठ पर्व अन्तरगत चैती छठ पर्व नहाय–खाय विधीसंगै मंगलवार देखी सूरु भएको छ । 
    चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो । व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन । व्रतालुले दोश्रो दिन बुधवार खरना, तेश्रो दिन बिहीबार अस्ताउदो सुर्यलाई तथा चौथो दिन शुक्रबार उदाउदो सुर्यलाई अर्घ दिएपछी चारदिवसीय चैती छठ पर्व सम्पन्न हुनेछ । 
    शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाईने छठ पर्व सुर्य उपासनाको पर्व हो । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन छ । यद्धपी केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दै गएको छ । 
    राजविराजको भगवती,  तुरुन्ती, कल्टु, पुर्णी लगायतको पोखरीमा चैती छठ मनाउन भक्तजन र व्रतालु पुग्ने गरेका छन । केही वर्ष यता ती पोखरीहरुमा व्रतालु र भक्तजनको चैती छठ पर्वमा सहभागिता बढदै गएको छ । 
    स्थानीयवासी एवं राजविराज नगरपालिकाका वडासदस्य रमानन्द देवले विगतको तुलनामा यस पटक त्यो संख्यामा पनि बढोत्तरी हुने अनुमान गरिएको बताए । यद्धपी कार्तिक महिनमा मनाईने छठ पर्व जस्तै चैती छठमा भने व्रतालु र भक्तजनको भीडभाड कम हुने गरेको छ । 
    विना पुजारी कै मनाईने यो पर्व पारिवारीक सुखः, शान्ती, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकाँक्षा पुरा हुने उदेश्यले मनाउने गरिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी