दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
वर्षको दुई पटक मनाइने छठ पर्व अन्तरगत चैती छठ पर्व नहाय–खाय विधीसंगै मंगलवार देखी सूरु भएको छ ।
चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो । व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन । व्रतालुले दोश्रो दिन बुधवार खरना, तेश्रो दिन बिहीबार अस्ताउदो सुर्यलाई तथा चौथो दिन शुक्रबार उदाउदो सुर्यलाई अर्घ दिएपछी चारदिवसीय चैती छठ पर्व सम्पन्न हुनेछ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाईने छठ पर्व सुर्य उपासनाको पर्व हो । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन छ । यद्धपी केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दै गएको छ ।
राजविराजको भगवती, तुरुन्ती, कल्टु, पुर्णी लगायतको पोखरीमा चैती छठ मनाउन भक्तजन र व्रतालु पुग्ने गरेका छन । केही वर्ष यता ती पोखरीहरुमा व्रतालु र भक्तजनको चैती छठ पर्वमा सहभागिता बढदै गएको छ ।
स्थानीयवासी एवं राजविराज नगरपालिकाका वडासदस्य रमानन्द देवले विगतको तुलनामा यस पटक त्यो संख्यामा पनि बढोत्तरी हुने अनुमान गरिएको बताए । यद्धपी कार्तिक महिनमा मनाईने छठ पर्व जस्तै चैती छठमा भने व्रतालु र भक्तजनको भीडभाड कम हुने गरेको छ ।
विना पुजारी कै मनाईने यो पर्व पारिवारीक सुखः, शान्ती, कल्याण, रोगबाट मुक्ती तथा विभिन्न मनोकाँक्षा पुरा हुने उदेश्यले मनाउने गरिन्छ ।
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
सारांश
- चारदिवसीय पर्वको पहिलो दिन नहाय–खाय धार्मिक विधीबाट सूरु गरिएको हो ।
- व्रतालुले पवित्र जलाशयमा स्थान तथा अन्य पुजाविधी गरी पर्वको सूरुआत गरका हुन ।
- व्रतालुले दोश्रो दिन बुधवार खरना, तेश्रो दिन बिहीबार अस्ताउदो सुर्यलाई तथा चौथो दिन शुक्रबार उदाउदो सुर्यलाई अर्घ दिएपछी चारदिवसीय चैती छठ पर्व सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया