भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 

राजविराज राजविराज
|
मंगलबार, पौष १५, २०७६
|
|
७० पटक हेरिएको
Shares
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 

सारांश

  •     नयाँ वर्षको पूर्व सन्ध्यामा जिल्लास्थित छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई गरिएको छ ।
  • सरसफाईका साथै भारतीय सिमासँग जोडिएको नाकाहरुमा स्वागतद्वार, तुल र ब्यानर समेत लगाईएको छ ।
  •       जिल्लामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 
    अंग्रेजी नयाँ वर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई प्रर्बद्घन गर्ने उद्देश्यले मंगलबार सप्तरीको प्रमुख तिर्थ स्थलहरुको सरसफाई गरिएको छ ।
    नयाँ वर्षको पूर्व सन्ध्यामा जिल्लास्थित छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई गरिएको छ । सरसफाईका साथै भारतीय सिमासँग जोडिएको नाकाहरुमा स्वागतद्वार, तुल र ब्यानर समेत लगाईएको छ । 
    जिल्लामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिएका छन् । 
    भ्रमण वर्षमा जिल्लामा बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्यले थालिएको कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीले पनि सक्रिय सहभागिता जनाएको र यसमा सबैले सहयोग गर्नुपर्ने उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानको भनाई छ । 
    नेपाल सरकारले घोषणा गरेको साउन २०२० लाई भ्रमण वर्षको रुपमा सफल बनाउन सामुदायि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रन एण्ड फन कार्यक्रमलाई निरन्तरता दिई समितिद्वारा चलाईएको अभियानमा सघाई रहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । 
    भ्रमण वर्षमा जिल्लामा बढी भन्दा बढी पर्यटक प्रवेश गर्ने आकलनसहित आवश्यक तयारी गरिएको जनाउँदै समितिले सवैलाई आ–आफनो तवरले सहयोग गर्न आग्रह समेत गरेका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो