दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
अंग्रेजी नयाँ वर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई प्रर्बद्घन गर्ने उद्देश्यले मंगलबार सप्तरीको प्रमुख तिर्थ स्थलहरुको सरसफाई गरिएको छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा जिल्लास्थित छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई गरिएको छ । सरसफाईका साथै भारतीय सिमासँग जोडिएको नाकाहरुमा स्वागतद्वार, तुल र ब्यानर समेत लगाईएको छ ।
जिल्लामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिएका छन् ।
भ्रमण वर्षमा जिल्लामा बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्यले थालिएको कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीले पनि सक्रिय सहभागिता जनाएको र यसमा सबैले सहयोग गर्नुपर्ने उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानको भनाई छ ।
नेपाल सरकारले घोषणा गरेको साउन २०२० लाई भ्रमण वर्षको रुपमा सफल बनाउन सामुदायि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रन एण्ड फन कार्यक्रमलाई निरन्तरता दिई समितिद्वारा चलाईएको अभियानमा सघाई रहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
भ्रमण वर्षमा जिल्लामा बढी भन्दा बढी पर्यटक प्रवेश गर्ने आकलनसहित आवश्यक तयारी गरिएको जनाउँदै समितिले सवैलाई आ–आफनो तवरले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई
सारांश
- नयाँ वर्षको पूर्व सन्ध्यामा जिल्लास्थित छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई गरिएको छ ।
- सरसफाईका साथै भारतीय सिमासँग जोडिएको नाकाहरुमा स्वागतद्वार, तुल र ब्यानर समेत लगाईएको छ ।
- जिल्लामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया