पत्रकारहरुको निशुल्क आँखा उपचार

राजविराज राजविराज
|
सोमबार, चैत्र १३, २०७९
|
|
१०१ पटक हेरिएको
Shares
पत्रकारहरुको निशुल्क आँखा उपचार

सारांश

  •     सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा राजविराजस्थित आँखा उपचार केन्द्रको समन्वयमा संचारकर्मीहरुका लागि एक दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको हो ।
  •       शिविरमा २३ जना संचारकर्मीले आँखा उपचार सेवा प्राप्त गरेका छन् ।
  • आयोजक अस्पतालले पत्रकार महासंघ शाखा सप्तरीसँग समनवय गरि आयोजना गरिएको शिविरमा जचाउन आएका संचारकर्मीलाई आँखा परिक्षण, औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइएको पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत ।    

    नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा सोमबार सप्तरीका संचारकर्मीहरुको निशुल्क आँखा उपचार गरिएको छ । 
    सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा राजविराजस्थित आँखा उपचार केन्द्रको समन्वयमा संचारकर्मीहरुका लागि एक दिने निशुल्क आँखा उपचार शिविरको आयोजना गरिएको हो । 
    शिविरमा २३ जना संचारकर्मीले आँखा उपचार सेवा प्राप्त गरेका छन् । आयोजक अस्पतालले पत्रकार महासंघ शाखा सप्तरीसँग समनवय गरि आयोजना गरिएको शिविरमा जचाउन आएका संचारकर्मीलाई आँखा परिक्षण, औषधी र चश्मा समेत निशुल्क उपलब्ध गराइएको पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देवले जानकारी दिए । 
    शिविरमा नेत्र विशेषज्ञ डा. रामकुमार झाले आँखा उपचार सेवा प्रदान गरेका छन् । चौधरी आँखा अस्पताल लहानकै पहलमा १९ वर्षअघि राजविराजमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा सो शिवरको आयोजना गरिएको छ । 
    सो केन्द्रले स्थापनाकाल देखी हालसम्मको अवधीमा ३ लाख ५७ हजार २ सय ४७ जना आँखाका रोगिको उपचार गरिसकेकोको जानकारी दिँदै डा. झाले २५ प्रतिशत सीमावर्ती भारतीय क्षेत्रका आँखाका बिरामीहरु रहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ