निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

राजविराज राजविराज
|
बिहिबार, आषाढ २८, २०८०
|
|
७९ पटक हेरिएको
Shares
निर्वतमान उपाध्यक्ष गुप्तासहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सारांश

  •     विशेष अदालतले बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सवइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभाष चन्द्र लाललाई दोषी ठहर गरेको छ ।
  •       अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित ९ जना विरुद्ध २०७९ वैशाख ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
  • बलान विहुल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको दाबी सहित आयोगले मुद्दा दायर गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ असार । 

    सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुवी गुप्तासहित ९ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । 
    विशेष अदालतले बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सवइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभाष चन्द्र लाललाई दोषी ठहर गरेको छ । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित ९ जना विरुद्ध २०७९ वैशाख ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बलान विहुल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको दाबी सहित आयोगले मुद्दा दायर गरेको थियो । 
    फिल्डमा देखिएको भन्दा नापी किताबमा बढी देखाएर भुक्तानीको लागि कागजात पेस गरेको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ को विनियोजित रकममध्ये बलान विहुल गाउँपालिका वडा नम्बर ४ को अधुरो वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवाप्रवाह भइरहे पनि कामभन्दा बढी भुक्तानी भएको आयोगको दाबीलाई विशेष अदालतले पनि उचित ठहर गरेको छ ।
    फिल्डमा नभएको÷नगरेको कामको मूल्यांकन गरी गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको दाबी थियो। अख्तियारले उनीहरुसँग १० लाख ५ हजार ४९७ रुपैयाँ बिगो दाबी गरेको थियो ।
    बलान विहुल गाँउपालिका वडा नं. ४ वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र सचिव शिवशंकर मण्डलले फिल्डको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्न भयो भनी सम्झौता विपरीत कार्य गरी भुक्तानी माग गरेको अख्तियारले विषेश अदालतमा पेश गरेको मिसिलमा उल्लेख गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?