सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग

राजविराज राजविराज
|
बिहिबार, श्रावण ४, २०८०
|
|
२० पटक हेरिएको
Shares
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग

सारांश

  •     गत आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न एक भवन निर्माण कार्यको भुक्तानी दिन घुस मागेको उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।
  •       आयोगको इटहरीस्थित आयोगका डिएसपी मानबहादुर राई नेतृत्वको टोली पुग्नासाथ कर्मचारीमा भागाभाग भएका थिए ।
  • कतिपय कर्मचारी त भुक्तानी लिएका ब्यक्तीबाट प्राप्त गरेको कमिशन रकम समेत फालेर भागेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 

    राजविराजस्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् । 
    गत आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न एक भवन निर्माण कार्यको भुक्तानी दिन घुस मागेको उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो । 
    आयोगको इटहरीस्थित आयोगका डिएसपी मानबहादुर राई नेतृत्वको टोली पुग्नासाथ कर्मचारीमा भागाभाग भएका थिए । कतिपय कर्मचारी त भुक्तानी लिएका ब्यक्तीबाट प्राप्त गरेको कमिशन रकम समेत फालेर भागेका थिए । 
    अख्तियार टोलीले कार्यालयको पुर्व पट्टीको गल्लीमा कर्मचारीद्वारा फालिएको १५ हजार नगद तथा ५५ हजार रुपैयाको चेक समेत बरामद गरेको छ । सो रकम उक्त कार्यालयका कर्मचारी सबइन्जिनीयर अजय कुमार साफीले फ्यालेर भागेको श्रोतले जनाएको छ । 
    सिरहाको नवराजपुर गाउँपालिका १ स्थित जनता आधारभुत विद्यालयको चार कोठे भवन निर्माण काम सम्पन्न भएपनि अन्तिम भुक्तानी दिन चेक रोकेर कमिशन मागेपछी उभोक्ता समितीका पदाधीकारले अख्तियारमा उजुरी दिएको बताइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै,  आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
कोरोना भाइरसको जोखीमबाट जोगाउन  तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
सांसद रानी मण्डलद्वारा मृतक  परिवारलाई पाँच÷पाँच हजार प्रदान
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा
खरानीमा गहना खोज्दै अग्निपीडित
खरानीमा गहना खोज्दै अग्निपीडित
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला