प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
७२ पटक हेरिएको
Shares

सारांश

  •     हिरोज स्पोटिङ्ग क्लव कंचनरुप नगरपालिका ३ बरमझियाद्वारा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ ले हिरोकप हात पारेको हो ।
  •       सम्पन्न खेलमा पर्साले संघर्षपुर्ण जित निकाल्ने क्रममा पहिलो हाफको ३२ औं मिनेटमा कृपाकान्त चौधरीले डिएरियाबाट गरेको कडा प्रहार जाली चुमेको थियो ।
  • सो गोललनै निर्णायक बन्यो ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
    प्रदेश स्तरिय हिरोकप फुटवल प्रतियोगिताको उपाधि पर्सा ११ ले जितेको छ । जित सँगै विजेता बनेको पर्साले एक लाख नगद सहित हिरोकप प्राप्त गरेको छ ।
    हिरोज स्पोटिङ्ग क्लव कंचनरुप नगरपालिका ३ बरमझियाद्वारा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ ले हिरोकप हात पारेको हो । 

    सम्पन्न खेलमा पर्साले संघर्षपुर्ण जित निकाल्ने क्रममा पहिलो हाफको ३२ औं मिनेटमा कृपाकान्त चौधरीले डिएरियाबाट गरेको कडा प्रहार जाली चुमेको थियो । सो गोललनै निर्णायक बन्यो । 
    दोस्रो हाफमा सर्लाहीले निकै आक्रमक खेल खेल्दै गोल फर्काउने प्रयास गरेपनि पर्साका सशक्त रक्षापतिका खेलाडीहरुले विफल पारेका थिए । 
    प्रतियोगिता समाप्ति पछि आयोजक क्लवका अध्यक्ष बिजयी कुमार चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्र, कृष्णा शवरण गाउँपालिकाका प्रमुख परशुराम चौधरी लगायतले बिजयी खेलाडीहरुलाई कप शिल्ड र नगद पुरस्कार वितरण गरेका थिए । 
    यता उप बिजेता हुने सर्लाही ११ ले नगद ५० हजार पुरस्कार प्राप्त गरे । १७ मंसिर देखि सुरु भएको प्रतियोगितामा प्रदेश २ अन्तर्गतका सवै ८ वटा जिल्ला टिमको सहभागीता थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
राप्रपा नेपालको जिल्ला समिति बिस्तार
राप्रपा नेपालको जिल्ला समिति बिस्तार
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी