यौनजन्य हिंसाको अपराध बिरुद्ध तीन दिने अभियान सुरु

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, मंसिर २, २०८३
|
|
१९ पटक हेरिएको
Shares
यौनजन्य हिंसाको अपराध बिरुद्ध तीन दिने अभियान सुरु

सारांश

  • अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको अवसरमा मधेसमा बढ्दो यौनजन्य हिंसा तथा रोकथामका लागि तीन दिने सचेतनामूलक अभियान सुरु गरिएको हो ।
  • यौनजन्य हिंसा मुक्त समाज स्थापनाका लागि प्रहरीले यो अभियान थालनी गरेको हो ।
  • पछिल्लो समय मधेसका जिल्लाहरूमा यौनजन्य हिंसाका घटना घटिरहेका देखिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 
मधेसमा यौनजन्य हिंसाको अपराध बढ्न थालेपछि रोकथामका लागि तीन दिने अभियान सुरु गरिएको छ ।
अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको अवसरमा मधेसमा बढ्दो यौनजन्य हिंसा तथा रोकथामका लागि तीन दिने सचेतनामूलक अभियान सुरु गरिएको हो ।
यौनजन्य हिंसा मुक्त समाज स्थापनाका लागि प्रहरीले यो अभियान थालनी गरेको हो । पछिल्लो समय मधेसका जिल्लाहरूमा यौनजन्य हिंसाका घटना घटिरहेका देखिएका छन् । यही घटनाहरूलाई कम गर्नका लागि प्रहरी प्रधान कार्यालय गरेको परिपत्र अनुसार मंगलबारदेखि तीन दिने अभियानको थालनी गरिएको हो ।
समाजका सबै वर्गको सहयोगबाटै यस्ता घटनाहरूमा कमी ल्याउन सकिने भएको हुँदा सबैसँग हातेमालो गरेर अभियान चलाइने छ ।
राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको ¥यालीमा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख रुपक खडका, सशस्त्र प्रहरी प्रमुख, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?