दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीका अग्नीपीडितहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । अघिल्लो दिन मंगलबार दिउँसो भएको भिषण आगलागिले सर्वस्व गुमाएपछि उनीहरुको बिजोग भएको हो ।
आगलागिमा चिम्टीको मुसहरी र यादव बस्ती खरानी भएको छ । आगलागि बुधबार बिहान १० बजे मात्र पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
मंगलबार दिउँसो ३ बजेतिर लागेको आगो तीन वटा बारुणयन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको मद्दतले बुधबार बिहान १० बजेमात्र पूर्ण रुपमा निभाउन सकिएको उनले बताए ।
प्रारम्भिक चरणमा ४६ घरधुरीको सय भन्दा बढी घर जलेर नष्ट भएको विवरण संकलन गरिएकोमा क्षतिको विवरण संकलन गर्ने कार्य अझै जारि नै रहेको उनको भनाई छ ।
यता प्रचण्ड गर्मी र घामका बीच अग्निपीडितहरु कोही छाता ओढेर खुल्ला चउरमा, कोही रुखमुनी त कोही खेतमै पाल टांगेर बसिरहेका छन् । जसमध्ये बृद्धबृद्धा, बालबालिका र महिलाको अवस्था दयनिय छ । अधिकांश अग्निपीडितको जीउमा लगाएको लुगा बाहेक केही बचेको छैन् ।
वडा अध्यक्ष जयकिशोर दासले मंगलबारराती आफूले उपलब्ध गराएको चाउचाउ, च्युरा, मुरही र बिस्कुटको भरमा रात गुजारेका अग्निपीडितका लागि बुधबार बिहान खानाको व्यवस्था स्थानीय समाजसेवी तथा केही संघसंस्थाले मिलाइदिएको जानकारी दिए ।
उनले अग्निपीडितको बिचल्ली भएको भन्दै बस्ती पुर्ननिर्माणका लागि सरकार तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । अग्निपीडित ७५ वर्षिया लोखनीदेवी यादवले खाने, बस्ने, सुत्ने, पानी पिउने समेत व्यवस्था नरहेका कारण खुल्ला आकाश मुनी बसेर दिनरात कटाउनु परेको दुखेसो सुनाईन् ।
पल्लो टोलका छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनी एक दर्जन संख्यामा रहेको परिवार बसिरहेको बाध्यता सुनाउँदै उनले मुरही र च्युरा फाँकेर बस्नु परेको पीडा व्यक्त गरिन् । यस्तौ गुनासो अर्का अग्निपीडित दुर्गा प्रसाद यादवको पनि छ । आफूहरुको सर्वस्व आगोमा खरानी भएपछि गुजारा गर्ने कुनै उपाय नरहेको भन्दै उनले च्युरा, मुरही बाहेक अन्य केही पनि राहत नपाएको बताए । जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पार्टीका तर्फबाट अग्निपीडितहरुलाई खाद्यान्न, छाता, पिउने पानी लगायतको राहत बितरणका लागि तयारी गरिएको जानकारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिकाले पनि सहयोगको हात अघि बढाएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षमा बुधबार बसेको कार्यपालिकाको बैठकले अग्निपीडितका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको एक दिनको तलब र पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ ।
स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट मंगलबार दिउँसो सल्किएको आगो समयमा नियन्त्रण हुन नसक्दा ६४ परिवारको १ सय १४ घर खरानी भएको थियो ।
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
सारांश
- आगलागिमा चिम्टीको मुसहरी र यादव बस्ती खरानी भएको छ ।
- आगलागि बुधबार बिहान १० बजे मात्र पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
- मंगलबार दिउँसो ३ बजेतिर लागेको आगो तीन वटा बारुणयन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको मद्दतले बुधबार बिहान १० बजेमात्र पूर्ण रुपमा निभाउन सकिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया