गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु

राजविराज राजविराज
|
बुधबार, जेठ २४, २०८०
|
|
८० पटक हेरिएको
Shares
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु

सारांश

  •     राजविराजबाट सो अभियानको शुरुवात गरिएको हो ।
  • नेपाली काँग्रेसका युवा नेता तथा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदको उम्मेदवार रहेका मो.
  • इरसाद अन्सारी तथा नेविसंघका जिल्ला अध्यक्ष राकेश कुमार ठाकुरको विषेश उपस्थितीमा संगठन सुदुढीकरण तथा विस्तार अभियान शुभारम्भ भएको संघले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 

    नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लाको सबै पालिका तथा विद्यालय र कलेजमा संगठन विस्तार गर्ने अभियानको बुधबारदेखी शुरुवात गरेको छ । 
    राजविराजबाट सो अभियानको शुरुवात गरिएको हो । नेपाली काँग्रेसका युवा नेता तथा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदको उम्मेदवार रहेका मो. इरसाद अन्सारी तथा नेविसंघका जिल्ला अध्यक्ष राकेश कुमार ठाकुरको विषेश उपस्थितीमा संगठन सुदुढीकरण तथा विस्तार अभियान शुभारम्भ भएको संघले जनाएको छ । 
    अभियानको पहिलो दिन राजविराज नगर भेलाले मो.परवेजको संयोजकत्वमा नेविसंघ राजविराज नगर समिती गठन गरिएको छ । नेविसंघको विद्यान २०२७ को छैठो संसोधन २०७५ बमोजिम उक्त समिती गठन गरिएको जिल्ला अध्यक्ष ठाकुरले जानकारी दिए । 
    संगठनलाई गतिशिल बनाउन, संगठन सुदुढीकरण गर्न तथा जिल्लाभर संगठन विस्तार गर्ने योजना अनुरुप एक महिने अभियान सुरु गरिएको तथा असार मसान्त भित्र जिल्लाका सबै १८ वटै पालिका तथा विद्यालय र कलेजमा नयाँ कार्य समिती गठन गरिसक्ने संघले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?