दैनिक समाचारदाता
राजविराज, १ चैत ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्न नहुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा महासंघको मधेश समितिले आइतबार राजविराजमा आयोजना गरेको “सुरक्षित तथा व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका” विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले राष्ट्रियता, स्वाधिनता, मानवअधिकार र कानुनी राज्यका पक्षमा उभिने पत्रकारले प्रेस स्वतन्त्रता विषयमा कुनै सम्झौता गर्नु नहुनेमा जोड समेत दिए ।
पत्रकारको हकहित, अधिकारका सवालमा समेत काम गर्ने महासंघले संचार माध्यमको पनि हित सोच्न जरुरी रहेको उनले बताए । उनले आचारसहिताको पालना हुनसके पत्रकारका लागि सुरक्षित रुपमा भूमिका निर्वाहको आधार तयार हुने समेत दाबी गरे ।
पत्रकारिता समाजलाई पनि दोहर्याउने पेशा हो भन्दै उनले भने, “त्यसैले हामी पत्रकार आफैले आफूलाई सुधारेर अघि बढ्न जरुरी छ ।”
सोही कार्यक्रममा महासंघका कोषाध्यक्ष राजेश मिश्राले पत्रकार आचारसहिता पालना गरिए धेरै हदसम्म पत्रकारको असुरक्षा पनि न्यून भएर जाने बताए ।
महासंघका सप्तरी शाखा अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, महासंघको रौतहट शाखा अध्यक्ष रबिन्द्र साह, झापाका अध्यक्ष तारामणि सापकोटा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, प्रदेश २ प्रेस संगठनका अध्यक्ष प्रकाश खतिवडा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस युनियन सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले पनि बोलेका थिए ।
प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता गर्नु हुँदैन् : अध्यक्ष आचार्य
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा महासंघको मधेश समितिले आइतबार राजविराजमा आयोजना गरेको “सुरक्षित तथा व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका” विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
- उनले राष्ट्रियता, स्वाधिनता, मानवअधिकार र कानुनी राज्यका पक्षमा उभिने पत्रकारले प्रेस स्वतन्त्रता विषयमा कुनै सम्झौता गर्नु नहुनेमा जोड समेत दिए ।
- पत्रकारको हकहित, अधिकारका सवालमा समेत काम गर्ने महासंघले संचार माध्यमको पनि हित सोच्न जरुरी रहेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया